काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड र ह्याम्स अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामाछुट दिने सम्बन्धमा सम्झौता भएको छ। 

सो सम्झौतानुसार ह्याम्सले इन्भेष्टमेण्ट बैंक लिमीटेडका भिजा तथा मास्टरकार्ड बाहक ग्राहक, कर्मचारी तथा तिनका आफन्तलाई अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट दिनेछ ।

सो सम्झौतापत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र ह्याम्सका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले हस्ताक्षर गरेका बैंकले जनाएको छ । 

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सातवटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एकसय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टिलाई उच्चतम स्थान दिइरहेको छ ।