काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेड र ॐ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमीटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
हाल मुक्तिनाथ विकास बैंकले देशभर ११९ वटा शाखा, २५ वटा एटीएममार्फत ६ लाख बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago