काठमाण्डौ। हकप्रद र लाभांश पारित मुख्य अजेन्डासहित सिभिल लघुवित्त वित्तीय संस्थाले लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ।
संस्थाको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असार २६ गते निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित होटल अर्किड परिसरमा हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ५७ लाख ५ हजार ७०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५७ लाख ५ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
सभाले सातौँ वार्षिक साधारणसभाबाट कायम चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
हकप्रद सेयर निष्कासन तथा आठौँ वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब असार १४ गतेभित्र कायम सेयरधनीहरुमात्र संस्थाको वार्षिक साधारणसभामा भाग लिन तथा बोनस सेयर र हकप्रद सेयर प्राप्तिका लागि योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19