काठमाण्डौ । कोरोना महामारीका कारण संकटमा परेका १० करोड अमेरिकीले ऋणको किस्ता तिरेका छैनन्।

गत मार्चदेखि ती अमेरिकीले ऋणको किस्ता नतिरहेका हुन्। ऋणको किस्ता नतिर्नेमा स्टुडेन्ट लोन, अटो लोन र अन्य विभिन्न किसिमका लोन लिनेहरु छन्। 

कर्जा मामिलासम्बनधी फर्म ट्रान्सयुनियनले वाल स्ट्रिट जर्नललाई दिएको जानकारीअनुसार ऋणको किस्ता नगर्नेमा स्टुडेन्ट लोन लिने ७९ लाख विद्यार्थी छन्। जर्नलका अनुसार मे महिनाको अन्त्यसम्मका लागि करिब १० करोड ६० लाखले ऋणको किस्तानमा छुट र अन्य किसिमको राहात घोषणा गर्न माग गरेका छन्।

जर्नलका अनुसार एक महिनामै कार र पर्सनल लोनको किस्ता पछि जम्मा गर्नेका संख्या दुईगुणाले बढेको छ। – एजेन्सी