काठमाण्डौ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३४ करोड ९६ लाख खूद नाफा आर्जन गरेको छ । 

१० जिल्ले विकास बैंकले नाफामा गरेको यो प्रगतिले धेरैलाई लोभ्याएको छ । कतिपय वाणिज्य बैंकहरुलाई समेत टक्कर दिने १० जिल्ले विकास बैंकको नाफालाई सबैले चासोपूर्वक हेरेका छन्।

आर्थिक वर्ष २०७२/७३ मा यो बैंकको नाफा २६ करोड ९६ लाख रहेको थियो । 

बैंकको हाल चुक्तापूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकले प्रतिसेयर आम्दानीलाई ३१.७० रुपैयाँको उचाईमा पुर्याएको छ । प्रति सेयर नेटवर्थ १४९.२५ रुपैयाँ पुुगेको छ । 

बैंकको रिजर्भमा समेत कमालको प्रगति भएको छ । अघिल्लो वर्षसम्म १९ करोड रुपैयाँ रिजर्भमा रहेकोमा यो वर्ष बढेर ५४ करोड पुुगेको छ ।