काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

मौद्रिक नीति समिक्षापछि अघिल्लो दिन नेप्से इन्डेक्स १११ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक १५.४० अंकले बढेर १९४८ विन्दुमा कायम भएको छ । 
 

आइतबार हरियाली छाएको १३ वटा उपसमूहमध्ये आज चार वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै राताम्य छन् । बीमा समूहका दुई उपसमूहहरुमा जीवन बीमा समूह घटेको छ भने निर्जीवन बीमा उपसमूह बृद्धि भएको छ । 
 

जीवन बीमा इन्डेक्स ०.७२ अंकले घट्दा निर्जीवन बीमा उपसमूह भने १.३७ अंकले बढेको छ । बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.९५ प्रतिशत अर्थात् २५.९० रुपैयाँले बढेर ५४८ रुपैयाँ ९० पैसा पुगेको छ । 
 

त्यस्तै, सानिमा जीआईसीको ४.४९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.७३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.९६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.९० प्रतिशतले सेयरभाउ बढेको छ । 
 

यसैगरी, सानिमा रिलायन्स लाइफको १.४६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०९ प्रतिशत, सलिकोको ०.९८ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.४० प्रतिशतले सेयरभाउ बढेको छ । 
त्यस्तै, आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा एलआईसी नेपाल रहेको छ ।

कम्पनीको सेयरभाउ २.०३ प्रतिशत अर्थात्  ३० रुपैयाँले घटेर १४५० रुपैयाँ कायम भएको छ । 
त्यस्तै, आइएमई लाइफको १.८३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.५३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.३६ प्रतिशत, नेपाल लाइफको १.३१ प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, हिमालयन लाइफको ०.९१ प्रतिशत, एसियन लाइफको ०.८६ प्रतिशतले घटेको छ । 
त्यसैगरी, शिखर इन्स्योरेन्सको ०.५१ प्रतिशत, सन नेपाल लाइफको ०.४५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३५ प्रतिशत र सिटिजन लाइफको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ । 
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको १६ करोड ५७ लाख, सिटिजन लाइफको १४ करोड ५६ लाख, सानिमा जीआईसीको १२ करोड २१ लाख, सन नेपाल लाइफको ११ करोड ४७ लाख, आइएमई लाइफको ९ करोड ८८ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।