काठमाण्डौ । किनमेल गर्दा भिसा कार्डबाट भुक्तानी कत्तिको गर्नुहुन्छ ? कार्डबाट वस्तु तथा सेवा खरीदका लागि भुक्तानी गर्ने गर्नुभएको छ र तपाई देशका १० वाणिज्य बैंकको कार्ड प्रयोगकर्ता(ग्राहक) हुनुहुन्छ भने तपाईले खर्च गरेको रकमबाट १० प्रतिशत तपाईकै खातामा फिर्ता आउनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा दश बैंकहरुले भिसा डेबिट कार्ड बोक्ने आफ्ना ग्राहकका लागि दशैं उपहारको रुपमा १० प्रतिशत छुटको अफर ल्याएका हुन् ।
यो अफर अन्तर्गत कार्डमार्फत वस्तुु तथा सेवा खरीदको क्रममा तपाईले गर्नुभएको कुल भुक्तानीको ठीक १० प्रतिशत तपाईले किनमेल गरेको भोलिपल्ट तपाईको खातामा फिर्ता हुनेछ । तर, यसको सीमा भने तोकिएको छ । न्यूनतम ५ सयको खरीदमा यो छुट लागूू हुनेछ भने एकदिनमा १० हजार रुपैयाँसम्मको खरीद मात्र गर्नुपर्नेछ । १० हजार भन्दा बढीको खरीदमा १० प्रतिशत रकम सम्बन्धित कार्डधनीको खातामा फिर्ता हुने स्कीम लागूू हुनेछैन ।
यसको अर्थ तपाईले १० हजारको सामान किन्नुुभयो भने १ हजार रुपैयाँ किनमेलको भोलिपल्ट तपाईको खातामा जम्मा हुन्छ ।
यो सुविधा नेपाल इन्भेष्टमेन्ट बैंकसँगै सेञ्चुरी बैंक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, एनसिसी बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैक र टुरिजम विकास बैंकका कार्ड प्रयोगकर्ताले मात्र पाउनेछन् ।
भिसा कार्डमार्फत ल्याइएको छुट अफरको बिषयमा जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा इन्भेष्टमेन्ट बैंककी कार्ड सेन्टर प्रमुख रिना चन्दले सरकार तथा नेपाल राष्टबैंकको कारोबारमा नगदको प्रयोगलाई घटाउँदै लैजाने रणनीतिलाई सहयोग गर्न आफूहरुले यस्तो स्किम ल्याएको बताइन् । उनका अनुसार बैंकहरुको यस्तो स्किमले डिजिटल पेमेन्ट प्रोत्साहित भई भविष्यमा नगदरहित कारोबार प्रणाली स्थापितका लागि मद्धत पुुग्नेछ । उनका अनुसार दशैंको किनमेल गर्नेहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो स्किम आगामी ५ महिनासम्म रहनेछ । त्यसपछि यसको प्रयोगको अवस्था, ग्राहकको प्रतिक्रियालाई हेरेर समयअवधि थप्ने वा नयाँ स्कीम ल्याउने भन्ने बिषय टुंगो लाग्ने उनले जानकारी दिइन् ।
मेगा बैंकका कार्ड डिपार्ट प्रमुख राकेश श्रेष्ठले घटस्थापनादेखि यो स्किम कार्यान्वयनमा आउने बताए ।
पत्रकार सम्मेलनमा बताइएअनुसार पोस मेसिन जुनसुकै नेटवर्कको भए पनि नगद छुट पाउनका लागि १० बैंकबाट जारी भिसा कार्ड नै हुनुपर्छ । हाल यी बैंकले काठमाण्डौ उपत्यकामा १५ लाख भिसा डेबिट कार्ड जारी गरेका छन् । यीमध्ये २० प्रतिशतले मात्र आफ्नो कार्ड पोस मेसिनमा स्वाप गरी भुक्तानी गर्ने गर्छन् । उपत्यकामा बस्तु तथा सेवा प्रदायक संस्थाहरुसँग १६ सयको हाराहारीमा पोस मेसिन रहेका छन्, ती मेसिनमा आफ्नो कार्ड स्वापमार्फत किनमेल गर्दा यो अफरमा समेटिन सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago