काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से इन्डेक्स १०.१० अंकले घटेर १ हजार ८३७ विन्दुमा  बन्द भएको छ । सेयरबजार घटेपनि आज कारोबार रकम भने बढेको छ । २९२ वटा कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज लाइफ इन्स्योरेन्स इन्डेक्स बाहेकका सबै सूचकहरु राताम्य छन् । जीवन बीमा उपसूचक ०.१६ प्रतिशतले बृद्धि भएको छ । 

जीवन बीमा उपसूचक चम्किदा यो दिन सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ २.४९ प्रतिशतले बृद्धि भई ४६१ रुपैयाँ पुगेको छ । 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको १.८९ प्रतिशतले बृद्धि भई ५४० रुपैयाँ, रिलायबल नेपाल लाइफको १.६१ प्रतिशतले बढेर ४७४ रुपैयाँ ५० पैसा, सन नेपाल लाइफको १.२५ प्रतिशतले बढेर ४७८ रुपैयाँ ९० पैसा पुगेको छ । 

यसैगरी, एलआईसी नेपालको ०.८६ प्रतिशतले बृद्धि भई १ हजार३९९.९० रुपैयाँ, आइएमई लाइफको ०.५७ प्रतिशतले बृद्धि भई ५०९.९० रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.४४ प्रतिशतले बृद्धि भई ४५२ रुपैयाँ, नेशनल लाइफको ०.३६ प्रतिशतले बढेर ५६२ रुपैयाँ पुगेको छ । 

यसका साथै शिखर इन्स्योरेन्सको ०.२७ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.१९ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.१३ प्रतिशतले सेयरभाउ बढेको छ । 
त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१९ प्रतिशतले घटेर ७७६ रुपैयाँ कायम हुन पुगेको छ । 

त्यस्तै, हिमालयन लाइफको १.६६ प्रतिशत, सूर्यज्योति लाइफको १.४० प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.३१ प्रतिशत, सानिमा जिआइसीको १.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९८ प्रतिशत, सलिकोको ०.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४६ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको ०.३१ प्रतिशत र नेपाल लाइफको ०.३१ प्रतिशतले सेयरभाउ घटेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ५ जीवन बीमा कम्पनी परेका छन् । 

सर्वाधिक सिटिजन लाइफको ८ करोड १८ लाख, रिलायबल नेपाल लाइफको ५ करोड १६ लाख, सन नेपाल लाइफको ५ करोड ३ लाख, आइएमई लाइफको ३ करोड १५ लाख र हिमालयन लाइफको २ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।