काठमाण्डौ । प्रविधिको दुनियाँको दिग्गज कम्पनी एप्पललाई पछिल्लो १३ वर्षको अवधिमा पहिलोपटक झट्का लागेको छ ।
मंगलबार सार्वजनिक एक तथ्याङ्कका अनुसार जारी अंग्रेजी वर्षको पहिलो तीन महिनाको अवधिमा कम्पनीको आम्दानीमा १३ प्रतिशतले गिरावट आएको छ ।
कम्पनीले पछिल्लो समय चीनमा गरेको कमजोर प्रदर्शन र आफ्नो उत्पादनलाई लिएर घाटा हुनै नसक्ने भनी कम्पनीका जिम्मेवार अधिकारीहरुले देखाएको अति आत्मविश्वासलाई घाटाको कारण मानिएको छ । कम्पनीले आइफोनको व्यापार जबरजस्त हुने दाबी गरिरहेको समय वास्तविक व्यापार चाहि घटिरहेको थियो ।
तथ्यांकका अनुसार एप्पलले अघिल्लो वर्षको पहिलो त्रैमासमा ५८ अर्ब डलरको आइफोन बिक्री गरेको थियो, तर यो वर्षको सोही अवधिमा त्यो कारोबार घटेर ५० अर्ब डलरमा झरेको छ । एप्पलको बिक्रीमा सन् २००३ पछि पहिलोपटक गिरावट आएको हो ।
यो त्रैमासमा एप्पलले ५ करोड १२ लाख वटा आइफोन बिक्री गर्यो । जब कि अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६ करोड १२ लाख आइफोन बिक्री गरेको थियो ।
यो क्रममा चीनमा आइफोनको बिक्रीमा २६ प्रतिशतको गिरावट देखियो । डलरको मजबुतीका कारण समेत एप्पलको व्यापारलाई केही असर गरेको विश्लेषकहरुको भनाई छ ।
घाटाको प्रभाव एप्पलको शेयरमा समेत देखिएको छ । एप्पलको शेयरमा पछिल्लो एकवर्षको अवधिमा २० प्रतिशतले गिरावट आएको छ ।
तर कम्पनीका सीइओ टिम कुकले ठूलो अर्थव्यवस्थामा आएको संकटका बाबजुद कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको दाबी गरे ।
(रोयटर्सबाट भावानुवाद)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago