काठमाण्डौ । नयाँ वर्ष २०१९ को शुुभारम्भसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड सञ्जालसँग आबद्ध १४ वटा बैंक र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सनडे फनडे (Sunday Funday) र वाउ वेनसडे (Wow Wednesday) गरी दुुई भिन्न प्रकारको योजना सार्बजनिक भएको छ ।
सन्डे फनडे अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्डबाहकहरुले हरेक आईतबार देशभरका पोस(Point of Sale terminal)हरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५ प्रतिशत वा अधिकतम रु ५०० सम्म नगद फिर्ता हुने योजना सार्वजनिक भएको हो ।
वाउ वेनसडे योजना अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्डबाहकहरुले भाटभटेनी सुुपरमार्केटका देशभरका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेबापत अधिकतम रु ७५० सम्मको गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।
यस योजनाबाट सेञ्चुरी बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाईनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।
यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुुने र सुुरक्षित डिजीटल कार्ड कारोवारतर्फ ग्राहकहरु आकर्षित हुुने बैंकहरुको विश्वास छ।
यो योजना जनवरीदेखि अप्रिल २०१९ सम्म लागू हुुने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago