काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीका लागि  आगामी असार १८ गतेदेखि हकप्रद निश्कासन गर्ने भएको छ ।

यो बैंकले ३ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गर्न लागेको हो ।

बैंकले बिहीबार एक सूचना प्रकाशित गरी असार १८ गतेदेखि खुल्ने हकप्रदका लागि साउन २२ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद निश्कासन गर्नेछ ।

यो बैंकले हकप्रदका लागि असार ७ लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ एभरेष्टको हकप्रदको अवसर नगुमाउन असार ६ गतेभित्र यो बैंकको सेयर खरीद वा आफ्नो नाममा नामसारी गरिसक्नुपर्छ ।

एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले एभरेष्टको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।

इच्छुक सेयरधनीले एनआइबिएल क्यापिटलको लाजिम्पाटस्थित मुख्य कार्यालय र एभरेष्ट बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल यो बैंकको चुक्तापुँजी ४ अर्ब ५२ करोड छ । हकप्रदपछि चुक्तापुँजीमा वृद्धि भई ६ अर्ब ३ करोडको उचाईमा पुग्नेछ ।

यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता १७ सय ४० रुपैयाँ रहेको छ ।