काठमाण्डौ । अमेरिकालाई ऋण संकटबाट जोगाउन रिपब्लिकन र डेमोक्रेटहरुसँग रहेको समय तीव्रगतिमा सकिँदै गइरहेको छ।
जुन महिनाअगाडि कर्जाको सीमा बढाउने विषयमा कुनै सहमति भएन भने अमेरिका डिफल्ट हुनेछ। अमेरिका सम्पूर्ण विश्वको अर्थतन्त्रको केन्द्रविन्दु भएकाले यसले विश्व अर्थतन्त्रलाई पनि असर गर्छ।
हालका दिनहरुमा ह्वाइट हाउस र कांग्रेसमा रिपब्लिकनहरुले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरेका छन्। तर, पनि जनतामा अन्यौल छ।
यस्तो अवस्थामा केही विद्वान र विश्लेषकहरुले अन्तिम उपायका रुपमा १ ट्रिलियन (१ खर्ब) अमेरिकी डलरबराबरको प्लेटिनम सिक्काको चर्चा गर्न थालेका छन्। जसले अमेरिकालाई कर्जाको संकटबाट बचाउन सक्छ।
सन् १९९७ मा बनेको कानुनले अमेरिकी ट्रेजरी सेक्रेटरीलाई कुनै पनि कारण र कुनै पनि मूल्यको प्लेटिनम सिक्का टकसाल (मिन्ट) गर्न अनुमति दिन्छ।
प्लेटिनम सिक्काको वकालत गर्नेहरु भन्छन् कि यदि कांग्रेसले ऋणको सीमा बढाउन सहमत भएन भने यो तरिकाले अमेरिकी सरकारले आफ्नो खर्च वहन गर्न सक्छ र डिफल्ट हुनबाट बच्न सक्छ। यद्यपि ट्रेजरी सेक्रेटरी जेनेट येलेनले यो विचारलाई अस्वीकार गरे पनि बिडेन प्रशासनका केही अधिकारीहरु यसमा सकारात्मक छन्।
यदि सरकारले यस्तो निर्णय गर्यो भने सरकारी टकसालले १ ट्रिलियन डलरको सिक्का टकसाल गर्नेछ। यद्यपि, यो अमेरिकी ऋणको सीमा बढाउनका लागि कहिल्यै समाधान भएको छैन। तर, जनताले किन्न सक्ने विशेष संस्करणको सिक्का जारी गर्ने अधिकार ट्रेजरी सेक्रेटरीलाई रहेको छ।
‘उनीहरुले सिक्कामा १ ट्रिलियन डलर लेखेर फेडरल रिजर्भमा पठाउनुपर्छ’, अमेरिकी मिन्टका पूर्वप्रमुख फिलिप डिल भन्छन्।
यतिको उच्च मूल्यको प्लेटिनम सिक्का धेरै ठूलो र गह्रौँ हुने कल्पना गरे पनि यो वास्तवमा खल्तीमा बोक्न सकिने एक चौथाइ डलरको सिक्का जत्तिकै हुन्छ। सिक्कामा १ ट्रिलियनमा शून्यको संख्या लेख्न आवश्यक छैन केवल १ ट्रिलियन डलर लेख्न पर्याप्त हुनेछ।
अब प्रश्न उठ्छ कि जब सिक्काको मूल्य लेखेर नै तय गर्नुपर्छ भने प्लेटिनम सिक्कामात्र किन ? वास्तवमा अमेरिकी कानुनअनुसार ५० भन्दा बढी मूल्यको सिक्काका लागि प्लेटिनम धातुको प्रयोग अनिवार्य गरिएको छ। ‘यदि डिफल्ट हुने र मुद्रा छाप्नेबीचमा छनोट गर्नुपर्यो भने तपाइँले के गर्नुहुन्छ ?’, १ ट्रिलियन डलरको सिक्का बनाउने विचार लिएर आएका विल्मेट युनिभर्सिटीका प्रोफेसर रोहन ग्रे भन्छन्, ‘कार्यकारीले डिफल्टलाई अनुमति दिन सक्दैन।’
आइडिया कसरी आयो ?
डिफल्टबाट बच्न १ ट्रिलियन डलरको सिक्का जारी गर्ने विचार पहिलोपटक सन् २०१० मा कार्लोस मुचा नामक एट्लान्टा वकिलले ब्लगमा दिएका थिए। कार्लोसलाई थाहा भयो कि १९९७ को मुद्रा ऐनअन्तर्गत प्लेटिनम सिक्का टकसाल गर्न अनुमति दिइएको छ। उनले आफ्नो लेखमा लेखेका छन्, ‘चाखलाग्दो कुरा के छ भने कांग्रेसले ट्रेजरीलाई १ ट्रिलियन डलरको सिक्का टकसाल गर्ने अधिकार दिएको छ।’
आफ्नो मुद्दा ह्वाइट हाउस र क्यापिटल हिलमा पनि छलफल हुनेछ भन्ने धेरैलाई थाहा थिएन। केही दिनपछि पूर्वमिन्ट निर्देशक फिल डिएलबाट कार्लोसको प्रस्ताव ‘वास्तवमा काम गर्न सक्छ’ भनेर मेल प्राप्त भयो। यो कुरा भाइरल भयो र ब्लगका समर्थकहरुको संख्या बढ्न थाल्यो तर बराक ओबामाको पहिलो कार्यकालमा ऋण संकट नहुँदासम्म २०११ सम्म यो सार्वजनिक बहसको मुद्दा बन्न सकेन।
त्यसबेला ७ हजार हस्ताक्षरसहितको एउटा चिठी प्रकाशित भएको थियो। जसमा नोबेल पुरस्कार विजेता पल क्रुगम्यान र फिलिप डिएलजस्ता प्रख्यात अर्थशास्त्रीहरुले यसलाई समर्थन गरेका थिए।
ट्विटरमा ह्यासट्याग मिन्ट द क्वाइनको अभियान पनि सुरु गरिएको थियो। तर, त्यसबेलाको राजनीतिक संकटको समाधानका कारण यो विषय अगाडि बढ्न सकेन।
ऋणको सीमा बढाउन अमेरिकामा जारी संकटमा जो बाइडेनको सरकारले त्यस्तो कुनै विकल्पमा विचार गर्न अस्वीकार गरेको छ। ट्रेजरी सेक्रेटरी जेनेट येलेनले केही दिनअघि भनेकी थिइन्, ‘मलाई लाग्छ यो ठगी हुनेछ।’
केही विज्ञहरुको तर्क छ कि १ ट्रिलियन डलरको सिक्का जारी गर्ने प्रस्तावले रिपब्लिकनहरुसँगको वार्तामा डेमोक्रेटको तरंगमा अर्को तीर ल्याउन सक्छ। रिपब्लिकनहरुले ऋणको सीमा बढाउन जो बिडेनको अपिल र सार्वजनिक खर्च कटौती गर्न माग गर्न सहमत छैनन्।
आउँदो जुन १ सम्ममा दुवै पक्ष सहमतिमा पुगेनन् भने अमेरिका ऋण भुक्तान गर्न असफल हुनेछ। –बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago