काठमाण्डौ । भारतमा २ हजार दरका नोट हटाउने निर्णयको प्रत्यक्ष प्रभाव सेयर र सुन मार्केटमा पर्ने विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार कुनै पनि मुद्रालाई चलनचल्तीबाट हटाएपछि त्यसबाट पर्ने प्रभाव केही समय अवश्य देखिन सक्छ।

भारतको कुल करेन्स नोटहरुमा २ हजार रुपैयाँको हिस्सेदारी न्यून छ। यद्यपि हिस्सा भने अवश्य छ। जबसम्म २ हजार रुपैयाँ दरका नोट हिस्सेदारी पूर्ण रुपमा अन्य नोटले पूर्ण गर्दैनन् तबसम्म असर पर्ने विज्ञहरुको अनुमान छ। 

एसकेआई कयापिटल सर्भिसेजका प्रमुख नरेन्द्र वाधवा कुनै पनि देशको मुद्रा चलनचल्तीमा हटाउँदा प्रारम्भिकस्तर अर्थतन्त्रमा प्रभावित हुन्छ। यसबाट आममानिस पनि प्रभावित हुन्छन्। कारोबारमा पनि असर देखिन्छ। 

यदि २ हजार दरका नोटको कुरा गर्ने हो भने भारतमा यसको धेरैजसो प्रयोग प्रपर्टी किन्न र सपिङमा हुन्छ। अब यो नोट हटाउने हो भने यी क्षेत्र प्रभावित हुन सक्छन्। 

यी सबैको असर सेयर बजारमा सुरुआती चरणमा देखिन्छ। यस्तो प्रभाव कति समयसम्म रहन्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने वाधवा बताउँछन्। ‘सेयर बजारमा यसको असर हराउन केही समय लाग्छ’, उनले भने। 

एजेए गोल्ड एन्ड डायमन्डका प्रमुख सञ्जय गुप्ता २ हजार दरका नोट चलनचल्तीबाट हटाउनुको असर गोल्ड मार्केटमा पनि पर्ने बताउँछन्। ‘सुनको मूल्य बढ्नेछ’, उनले भने, ‘किनकि जोसँग २ हजार दरका नोट छन्, उनीहरुले सुन खरिददारी बढाउने छन्, यसले माग बढ्न सक्छ र मूल्य पनि बढ्छ।’

गुप्ताका अनुसार २ हजार दरका नोट लिगल टेन्डर रहँदा ज्वेलर्स (सुन पसलहरु)ले उक्त दरका नोट लिन अस्वीकार गर्ने छैनन्। ‘यसले उनीहरुको बिक्री बढाउनेछ’, उनले भने, ‘यस हिसाबले सुनको मूल्यले नयाँ उचाइ लिन सक्ने सम्भावना धेरै छ।’ –एजेन्सी