 
                     
                                
                             
                                    काठमाण्डौ । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
आज शुक्रबार एक कार्यक्रममा दुई कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ। सोसम्बन्धी समझदारीपत्रमा घलेम्दी हाइड्रोपावरका तर्फबाट अध्यक्ष किशोर सुवेदी र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
उक्त समारोहमा घलेम्दी हाइड्रोका तर्फबाट कम्पनी सचिव अनिल पौडेललगायतको सहभागिता थियो।
घलेम्दी हाइड्रो लिमिटेडको नवौँ वार्षिक साधारणसभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ। हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयेजनामा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19