काठमाण्डौ । बुधबार नेप्से परिसूचक २.१६ को सामान्य अंकले वृद्धि भई १३७७.४२ अंकमा पुगेको छ ।
सोमबार र मंगलबार दोहोरो अंकले उकालो लागेको बजार बुधबार केही सम्हालिएर सामान्य अंकको वृद्धिमा सीमित भएको हो ।
मंगलबारको तुलनामा कारोबार रकम पनि बुधबार केही कम भएको छ ।
बुधबार बजार खुल्दा नेप्से १३७५.३२ अंकमा थियो । त्यसपछि सामान्य उतारचढाव भई नेप्सेमा झिनो बढोत्तरी भएको हो ।
बुधबार १ सय २३ कम्पनीका ९ लाख कित्ता शेयरहरुको २ हजार ८ सय ४९ वटा कारोबारबाट खरीदबिक्री हुँदा बजारमा ५५ करोड ६० लाख पूँजी परिचालन भयो । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.३८ र ०.०३ अंकले बढे ।
बैकिंग, फाइनान्स, इन्स्योरेन्स तथा उत्पादन समूहको सूचक हरियो भयो भने होटल, विकास बैंक, हाइडोपावर र अन्य समूहको सूचक भने रातो भए । सबैभन्दा बढी बिमा समूहको सूचक ३९.२२ अंकले उकालो लाग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19