काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले आगामी कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागेको हो । ९१ दिने अवधिका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको केन्द्रीय बैंकले १८२ दिने अवधिका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने उल्लेख गरेको छ

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले कात्तिक १३ गते १७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्रीमा ल्याएको थियो ।