काठमाण्डौ । कालोधन छानबिनमा सम्बद्ध निकायले सक्रियता देखाउँदा सेयर बजारमा देखिएको बियरिस ट्रेण्ड र छानबिन अध्ययन समिति धितोपत्र बोर्डले खारेज गरेसँगै एकैदिनको फरकमा बजारमा देखिएको बुलिस ट्रेण्ड, नयाँ आर्थिक वर्षको उपहार बनेर आयो । चालु आबको पहिलो महिनामै पूँजीबजारमा अजब–गजबका प्रवृति देखिए । 

बैंक तथा बित्तीय संस्था, विभिन्न संगिठत कम्पनीहरुले चौथो त्रैमासको विवरण सार्वजनिक गर्ने, उच्च नाफा देखाउने होड, नगद लाभांश, बोनस सेयर वितरणको लहर लगायतका कारण साउन र भदौ महिनालाई पूँजीबजारको हरियो महिना मानिए पनि परिस्थिति ठीक उल्टो भयो । हरियो महिनामै सेयर बजारले दैनिक राताम्मे अवस्था भोग्नुपर्यो । सेयर बजार अचाक्ली बढेको दिन होस् वा गल्र्यामगुर्लुम्म झरेको दिन होस्, वाणिज्य बैंकहरुको कारोबारमा चाहि खासै मन्दी आएन । विगत लामो समयदेखि वाणिज्य बैंकहरुले कारोबारमा अग्रता हासिल गरे र गरिरहेकै छन् । अन्य समूहको सूचकमा पहिरो जाँदा समेत धेरै सेयर कारोबार गर्ने वाणिज्य बैंकहरु नै रहे । एक विश्लेषकको भनाईमा पछिल्लो समय उच्च नाफासहितको वासलात सार्वजनिक गर्न थालेका वाणिज्य बैंकहरुको सेयरको माग आपूर्तिभन्दा करिब १६ गुणा बढी छ । यसको अर्थ अबको दिनमा पनि वाणिज्य बैंकहरुको सेयरप्रति लगानीकर्ताको आकर्र्षण कायमै रहनेछ । यही बिषयलाई मध्यनजर गरी हालसम्म चौथो त्रैमास(आर्थिक वर्ष २०७२/७३)को बित्तीय विवरण सार्वजनिक गरिसकेका २१ वाणिज्य बैंकहरुको मुख्य बित्तीय सूचकहरुको हामीले तुलनात्मक विश्लेषण गरेका छौ । यसबाट कुन बैंक रोगी वा कुन स्वस्थ भनी पहिचान गर्न सहज हुनेछ भने वाणिज्य बैंकको सेयरमा लगानी गर्न चाहनेलाई कम्पनी छनौटमा पनि सहज हुने विश्वास लिएका छौ । 

२१ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको बित्तीय विवरणलाई अध्ययन गर्दा औसतमा उनीहरुले ६८ प्रतिशतले खूद नाफामा बढोत्तरी गरेका देखिएको छ । त्यस्तै, औसतमा २५ प्रतिशतले निक्षेप बढेको छ भने कर्जा लगानी समेत करिब ३३ प्रतिशतले बढाएका छन् । २१ बैंकहरुले सार्वजनिक गरेका बित्तीय विवरणको हरेक पक्ष तथा केस्राहरु केलाउँदा एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक बित्तीय रुपमा निकै बलिया देखिएका छन् । 

कसको चुक्तापूँजीमा कस्तो प्रगति ?
२१ वाणिज्य बैंकहरुको तुलनात्मक अध्ययनमा औसतमा उनीहरुले चुक्तापूँजी २९ प्रतिशतले बढाएका देखिएको छ । चारवटा बित्तीय संस्थासँग मर्जर सम्पन्न गरेका कारण एनएमबी बैंकले सबैभन्दा धेरै ८६.९६ प्रतिशतले चुक्तापूँजी बढाएको छ । ग्राण्ड बैंकसँग मर्जर गरेको र २५ प्रतिशत हकप्रद निश्कासनका कारण प्रभू बैंकको चुक्तापूँजी पनि ८३.२८ प्रतिशतले वृद्धि भएको देखिएको छ । प्राइम कमर्सियल बैंक, नेपाल बैंक, जनता बैंक, एनसीसी बैंक र हिमालय बैंकको चुक्तापूँजी स्थिर छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै चुक्तापूँजी नेपाल इन्भेष्टमेन्ट बैंकको छ, यो बैंकले चुक्तापूँजीलाई ७ अर्ब २५ करोडको उचाईमा पुर्याएको छ । 

कुन बैंकको चुक्तापूँजीमा कस्तो प्रगति भयो, हेर्नुहोस् तलको टेबल : Rs "000"

Bank 2072/073 Q4 2071/072 Q4 percentage change
NMB 4,486,924.00 2,400,000.00 86.96%
PRVU 5,881,402.00 3,208,885.00 83.28%
SRBL 3,976,047.00 2,443,688.00 62.71%
SANIMA 4,022,032.00 2,550,240.00 57.71%
NIB 7,255,510.00 4,771,204.00 52.07%
SBL 3,022,881.00 2,031,180.00 48.82%
CZBIL 3,650,640.00 2,554,362.00 42.92%
CCBL 2,840,800.00 2,120,000.00 34.00%
MBL 3,864,540.00 2,951,083.00 30.95%
NABIL 4,756,570.00 3,657,654.00 30.04%
LBL 3,039,229.00 2 337 869.00 30.00%
NBB 3,039,211.00 2,431,369.00 25.00%
NICA 4,575,374.00 3,695,016.00 23.83%
GBIME 6,164,268.00 5,011,600.00 23.00%
MEGA 3,240,575.00 2,870,560.00 12.89%
KBL 2,699,167.00 2,431,682.00 11.00%
PCBL 3,705,262.00 3,705,262.00 00.00 %
NBL 6,465,002.00 6,465,002.00 00.00 %
JBNL 2,060,000.00 2,060,000.00 00.00%
NCCBL 2,353,176.00 2,353,176.00 00.00%
HBL 4,499,145.00 4,499,145.00 00.00%
Average 4,076,083.58 3,168,998.90 28.62%
 

रिजर्ब र सरप्लसको तुलनात्मक विश्लेषण
२१ वाणिज्य बैंकमध्ये मेगा बैंक लिमीटेडले आफ्नो सञ्चित कोषलाई ३७३.५१ प्रतिशतले वृद्धि गरेको देखिएको छ । बित्तीय रुपमा निकै मजबुत देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चित कोषमा १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ । नबील बैंक लिमीटेडमा पनि ७ अर्ब ५९ करोड रुपैयाँको सञ्चित कोष छ । आर्थिक वर्ष २०७२/७३ मा रिजर्ब र सरप्लसमा वाणिज्य बैंकहरुको औसत वृद्धिदर ८७ प्रतिशत देखिएको छ । केही समयअघिसम्म रोगी बैंकको रुपमा परिचित नेपाल बैंक लिमीटेडले समेत रिजर्ब र सरप्लसमा ३८ करोड ४७ लाख पुर्याएको छ । २१ वाणिज्य बैंकमध्ये आब २०७२/७३ मा ७ वटा बैंकको रिजर्ब र सरप्लसतर्फ १ सयभन्दा बढी प्रतिशतको वृद्धि देखिएको छ । तर प्रभू बैंकको रिजर्ब तथा सरप्लस चाहि गत आर्थिक वर्षको तुलनामा ०७२/७३ मा २३.१६ प्रतिशतले घटेको छ ।

कुन बैंकको रिजर्ब र सरप्लसमा कस्तो प्रगति भयो, हेर्नुहोस् तलको तालिका : Rs "000"

Bank 2072/073 Q4 2071/072 Q4 percentage change
Mega 967,465.00 204,318.00 373.51%
PCBL 1,755,758.00 627,526.00 179.79%
NMB 2,536,484.00 976,833.00 159.66%
SRBL 2,169,414.00 935,658.00 131.86%
NBL 384,716.00 2,634,066.00 114.61%
JBNL 622,927.00 298,372.00 108.78%
NIB 10,620,532.00 5,138,446.00 106.69%
SBL 3,230,142.00 1,732,962.00 86.39%
CCBL 532,675.00 294,036.00 81.16%
HBL 4,375,384.00 2,459,755.00 77.88%
SANIMA 1,419,930.00 887,353.00 60.02%
NABIL 7,596,353.00 4,764,651.00 59.43%
NICA 2,873,859.00 1,803,768.00 59.33%
KBL 1,388,260.00 887,658.00 56.40%
LBL 2,606,876.00 1,740,005.00 49.82%
CZBIL 1,729,807.00 1,215,990.00 42.26%
MBL 1,511,453.00 1,072,894.00 40.88%
NCCBL 1,284,145.00 981,460.00 30.84%
NBB 3,051,310.00 2,471,648.00 23.45%
GBIME 2,565,015.00 2,366,054.00 8.41%
PRVU 366,323.00 476,726.00 -23.16%
Average 2,551,848.95 1,366,764.14 86.71%

निक्षेपतर्फको प्रगति
निक्षेप संकलनमा एनएमबी बैंकले सबै बैंकलाई उछिनेको छ । यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा गत वर्षको तुलनामा ८३.६५ प्रतिशतले निक्षेप बढाएको छ । निक्षेप संकलनमा वृद्धिको हिसाबले एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र प्रभू बैंक उत्कृष्ट ५ बैंकको सूचिमा पर्न सफल भएका छन् । यी पाँच बैंकको निक्षेप संकलनमा ४० प्रतिशतभन्दा बढीले प्रगति भएको छ । अधिकांश बैंकहरुको निक्षेप संकलनमा यो गतिको प्रगतिको मुख्य कारण यी बैंकहरुले अन्य बित्तीय संस्थासँग गरेका मर्जर र एक्वीजिसनले हो । यी प्रक्रियाले समग्र व्यापारसँगै निक्षेप संकलन, चुक्तापूँजी लगायतमा समेत भारि वृद्धि गरिदिएको देखिएको छ । २१ वाणिज्य बैंकहरुको औसत निक्षेपमा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो अवधिमा समस्याग्रस्त बैंकको रुपमा रुपान्तरण हुँदै गरेको जनता बैंकले निक्षेप संकलनतर्फ पनि निकै सुस्त गति समातेको छ । यो बैंकले गत वर्षको तुलनामा निक्षेपतर्फ ५ प्रतिशतको मात्र वृद्धि हासिल गरेको हो । 

कर्जा प्रवाहको तुलनात्मक अध्ययन

गत आर्थिक वर्षको तुलनामा प्रतिशतको हिसाबले एनएमबी बैंकले कर्जा प्रवाहमा फड्को मारेको देखिएको छ । तर रकमको हिसाबले नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छ । इन्भेष्टमेन्ट बैंकले ८७ अर्ब कर्जा प्रवाह गरेको छ भने उसलाई पछ्याउँदै नेपाल बैंकले ७७ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र प्रभू बैंकले कर्जा लगानीलाई गत वर्षको तुलनामा ५० प्रतिशतले बढाएका छन् ।

बैंकहरुको कर्जा प्रवाहतर्फको प्रस्तुती कस्तो रह्यो, हेरौ तलको तालिका : Rs "000"

Bank 2072/073 Q4 2071/072 Q4 percentage change
NMB 53,851,974.00 27,288,891.00 97.34%
SRBL 42,865,018.00 26,381,079.00 62.48%
PRVU 48,212,758.00 29,704,724.00 62.31%
MEGA 27,358,983.00 17,542,625.00 55.96%
SBL 55,305,183.00 36,296,594.00 52.37%
SANIMA 40,441,857.00 28,229,003.00 43.26%
CZBIL 40,567,277.00 29,200,383.00 38.93%
NBB 35,751,315.00 25.823.846.00 38.44%
NICA 56,457,110.00 42,144,337.00 33.96%
NIB 87,009,792.00 67,690,199.00 28.54%
LBL 40,359,566.00 31,746,820.00 27.13%
MBL 44,234,251.00 34.819,452.00 27.04%
HBL 69,100,890.00 55,428,007.00 24.67%
PCBL 40,289,291.00 32,616,506.00 23.52%
CCBL 25,084,100.00 20,351,797.00 23.25%
GBIME 60,841,364.00 50,226,650.00 21.13%
NBL 63,527,264.00 53,388,388.00 18.99%
NCCBL 24,891,148.00 21,442,487.00 16.08%
NABIL 77,730,402.00 67,161,671.00 15.74%
KBL 30,111,447.00 27,070,391.00 11.23%
JBNL 20,472,512.00 18,517,084.00 10.56%
Average 46,879,214.38 35,384,330.19 32.49%

खूद ब्याज आम्दानीमा को अगाडि ?
ब्याज आम्दानीबाट ब्याज खर्च घटाउँदा आउने अन्तरलाई खूद ब्याज आम्दानी भनिन्छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च बढी हुनु बैंकका लागि सकारात्मक कुरा हो भने कम हुनु नकारात्मक हो । खूद ब्याज आम्दानीले बैकिङ क्षेत्रको मुख्य विजिनेश प्रतिबिम्बित गर्दछ । आर्थिक वर्ष २०७२/७३ को अवधिमा २१ वाणिज्य बैंकहरुको खूद ब्याज आम्दानीतर्फको औसत प्रगति ३४ प्रतिशतको विन्दूमा छ । एनएमबी बैंकको खूद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा दुई गुणा भएको छ भने सानिमा बैंकले समेत राम्रो प्रगति हासिल गर्दै खूद ब्याज आम्दानीमा प्रगतिको हिसाबले दोश्रो स्थान बनाएको छ । नेपाल बैंक लिमीटेड रकमको हिसाबले सबैभन्दा धेरै खूद ब्याज आम्दानी गर्न सफल भएको देखिएको छ । यो बैंकले ४ अर्ब ६९ करोड खूद ब्याज आम्दानी गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खूद ब्याज आम्दानी ३ अर्ब ९५ करोड रुपैयाँ छ ।

कुन बैंकको खूद ब्याज आम्दानीतर्फ कस्तो प्रगति हासिल भयो, हेरौं तलको तालिका :

Bank

2072/073 Q4

2071/072 Q4

percentage change

NMB

2,106,548.00

987,792.00

113.26%

SANIMA

1,722,885.00

1,139,390.00

51.21%

NCCBL

1,189,441.00

803,887.00

47.96%

SBL

2,116,667.00

1,435,843.00

47.42%

NBL

4,691.265.00

3,311,020.00

41.69%

MBL

1,857,373.00

1,337,045.00

38.92%

SRBL

1,503,572.00

1,106,300.00

35.91%

NBB

1,462,360.00

1,090,235.00

34.13%

CCBL

879,789.00

657,505.00

33.81%

NIB

3,958,287.00

2,986,268.00

32.55%

KBL

1,175,433.00

897,989.00

30.90%

CZBIL

1,622,042.00

1,268,743.00

27.85%

PRVU

1,968,427.00

1,542,473.00

27.62%

HBL

3,408,443.00

2,673,488.00

27.49%

GBIME

2,905,904%

2,289,400.00

26.93%

MEGA

1,125,869.00

890,665.00

26.415

LBL

1,307,143.00

1,038,577.00

25.86%

NICA

1,976,960.00

1,577,472.00

25.32%

JBNL

747,622.00

604,598.00

23.66%

NABIL

4,340,971.00

3,544,423.00

22.47%

PCBL

1,588,504.00

1,387,782.00

14.46%

Average

2,078,833.57

1,550,995.00

34.03%

संचालन मुनाफा
आर्थिक वर्ष २०७२/७३ को अवधिमा वाणिज्य बैंकहरुले औसतमा संचालन मुनाफातर्फ ६१ प्रतिशतको वृद्धि हासिल गरेका छन् । नेपाल बैंक लिमीटेडले प्रतिशतको हिसाबले सबैभन्दा धेरै संचालन नाफा आर्जन गरेको छ । रकमको हिसाबले इन्भेष्टमेन्ट बैंक संचालन नाफा बढी कमाउने कम्पनीमा दर्ज भएको छ । यो बैंकले १ अर्ब २० करोड संचालन मुनाफा आर्जन गरेको देखिएको छ । प्रभू बैंक, जनता बैंक नेपाल, सनराइज र कुमारी बैंक लिमीटेडले संचालन मुनाफामा १ सय भन्दा बढी प्रतिशतको वृद्धि हासिल गरेका छन् ।

कुन बैंकको संचालन नाफातर्फ कस्तो प्रगति भयो, हेरौं तलको तालिका : Rs '000"

Bank 2072/073 Q4 2071/072 Q4 percentage change
NBL 2,211,816.00 386,660.00 472.03%
JBNL 457,662.00 94,564.00 383.97%
PRVU 876,204.00 183,939.00 376.36%
SRBL 952,360.00 407,071.00 133.95%
KBL 783,135.00 341,841.00 129.09%
HBL 2,990,680.00 1,574,861.00 89.90%
CCBL 561,799.00 327,483.00 71.55%
SBL 1,642,446.00 964,769.00 70.24%
SANIMA 1,476,690.00 934,319.00 58.05%
NBL 1,211,118.00 769,149.00 57.46%
NMB 1,211,118.00 769,149.00 57.46%
NICA 1,349,354.00 868,234.00 55.41%
NCCBL 747,656.00 487,772.00 53.28%
LBL 961,610.00 642,383.00 49.69%
PCBL 1,505,242.00 1,010,968.00 48.89%
GBIME 1,877,030.00 1,272,499.00 47.51%
NIB 3,770,024.00 2,562,857.00 47.10%
NBB 1,519,688.00 1,039,831.00 46.15%.
CZBIL 1,144,348.00 813,253.00 40.71%
MEGA 720,266.00 523,423.00 37.61%
NABIL 4,400,145.00 3,275,289.00 34.34%
Average 1,541,447.19 916,681.62 68.16%

खूद नाफामा को अगाडि ?
रोगी अवस्थाको बैंकलाई स्वस्थ बनाउने तीव्र अभियानका कारण केही सम्पत्ति समेत बिक्री गरेको नेपाल बैंक लिमीटेडले खूद नाफामा सबैभन्दा धेरै प्रगति हासिल गरेको छ । यो बैंकले खूद नाफातर्फ ५२४ प्रतिशतले वृद्धि गरेको हो । यो बैंकले ४७ प्रतिशत खूद ब्याज आम्दानीतर्फ प्रगति गरेको छ, यसको अर्थ सम्पत्ति बिक्रीबाट मात्र नभई कोर विजिनेश बढाएर समेत नेपाल बैंकले खूद नाफामा उच्च प्रतिफल प्राप्त गरेको बुझ्न सकिन्छ । औसतमा २१ बैंकको खूद नाफा ६८ प्रतिशतले वृद्धि भएको देखिएको छ । यी मध्ये ५ वटा बैंकले खूद नाफा १ सय प्रतिशत भन्दा बढीले बढाएका छन् । नेपाल बैंक लिमीटेडले सबैभन्दा बढी ३ अर्ब माथिको खूद नाफा गरेको छ । नबील बैंकले २ अर्ब  ८२ करोड र इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५९ करोड खूद नाफा गरी दोश्रो र तेश्रो स्थान लिन सफल भएका छन् ।

कुन बैंकको खूद नाफातर्फ कस्तो प्रगति भयो, हेरौं यो तालिका : Rs "000"

Bank 2072/073 Q4 2071/072 Q4 percentage change
NBL 3,018,782.00 483,849.00 523.91%
NMB 1,192,367.00 532,781.00 123.80%
JBNL 325,350.00 151,145.00 115.26%
KBL 740,112.00 352,735.00 109.82%
SRBL 951,755.00 474,390.00 100.63%
SANIMA 1,049,676.00 604,197.00 73.73%
NCCBL 703,088.00 407,654.00 72.47%
HBL 1,915,628.00 1,112,287.00 72.22%
SBL 1,244,891.00 763,761.00 62.99%
MEGA 552,037.00 346,296.00 59.41%
NICA 1,070,098.00 680,317.00 57.29%
LBL 673,414.00 432,089.00 55.85%
CZBIL 1,101,302.00 723,859.00 52.14%
PCBL 1,128,236.00 745,589.00 51.32%
NBB 1,198,298.00 792,778.00 51.15%
CCBL 382,624.00 257,908.00 48.36%
GBIME 1,397,866.00 959,710.00 45.66%
MBL 891,807.00 613,436.00 45.38%
NABIL 2,825,711.00 2,098,163.00 34.68%
NIB 2,598,460.00 1,974,540.00 31.60%
PRVU 1,147,838.00 1,035,966.00 10.80%
Average 1,243,302.00 740,164.29 67.98%
 

प्रति सेयर आम्दानीको तुलनात्मक अध्ययन
करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी(नाफा) भनिन्छ । आर्थिक वर्ष २०७२/७३ को अवधिमा वार्षिक रुपमा प्रति सेयर आम्दानी सबैभन्दा बढी नबील बैंकले गरेको छ भने दोश्रो स्थानमा नेपाल बैंक लिमीटेड पर्न सफल भएको छ । जनता बैंक नेपाल र कुमारी बैंकले समेत प्रति सेयर आम्दानीमा उच्च प्रतिशतले प्रगति गरेका छन् । तर, प्रभू बैंकको प्रति सेयर आम्दानी चाहि ४० प्रतिशतले ओरालो लागेको छ । औसतमा सबै वाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी २४.६३ रुपैयाँदेखि ३०.३२ रुपैयाँसम्म वृद्धि भएको देखिएको छ ।

प्रति सेयर नेटवर्थमा को अगाडि ?
कम्पनीको सम्पूर्ण सम्पत्तिबाट तिर्नुपर्ने दायीत्व घटाउँदा आउने बाँकी रकमलाई किताबी मूल्य अर्थात नेटवर्थ भनिन्छ । कुल नेटवर्थलाई सेयर संख्याले भाग गरेर प्रतिसेयर नेटवर्थ वा प्रतिसेयर किताबी मूल्य निकालिन्छ । आर्थिक वर्ष २०७२/७३ मा प्रति सेयर नेटवर्थमा पनि नबील बैंक नै अगाडि देखिएको छ । नवीललाई नेपाल इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले पछ्याएका छन् । नबील बैंकको प्रति सेयर नेटवर्थ आब २०७२/७३ को अवधिमा २६० रुपैयाँ कायम भएको छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको २४६.३८ रुपैयाँ र सिद्धार्थ बैंकको २०६ रुपैयाँ पुगेको छ । नेपाल बैंक लिमीटेड खूद नाफा र प्रति सेयर आम्दानीमा अगाडि भए पनि प्रति सेयर नेटवर्थमा चाहि २१ वाणिज्य बैंकमध्ये सबैभन्दा पछाडि पुगेको छ । गत वर्षको तुलनामा आब २०७२/७३ मा प्रभू बैंकको प्रति सेयर नेटवर्थ भने घटेको छ ।