काठमाण्डौ । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा अभूतपूर्व गिरावट आउँदा त्यसका लगानीकर्ताले एकैदिन ७० अर्ब डलर भन्दा बढी सम्पत्ति गुमाएका छन् ।
विश्वकै सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य बुधबार एकैदिन ३० प्रतिशतले पहिरो गएको हो । तथापि, दिउँसो गिरावटमा केही सुधार भए पनि अन्तमा १० प्रतिशतले मूल्य घट्न पुग्यो ।
यसले बिटक्वाइनको मार्केट भ्यालु २४ घण्टाको अन्तरालमा ७० अर्ब डलरभन्दा बढीले घट्न पुगेको छ । यो वर्षको १३ अप्रीलमा बिटक्वाइनको मूल्य ६४ हजार ८०० डलर थियो । तर पछि यो मूल्यमा समेत ३८ प्रतिशतले गिरावट आएको थियो ।
गत बुधबार टेस्लाले बिटक्वाइनलाई आफ्नो कार खरीदका लागि डिजीटल पेमेन्टको रुपमा स्वीकार नगर्ने निर्णय गरेको थियो । यही बेला चाइना बैंकिंग एशोसिएसनले समेत आफ्ना सदस्य बैंकहरुलाई कडा निर्देशन दिंदै डिजीटल करेन्सीबाट टाढै रहन भन्यो । यिनै कारणले बिटक्वाइनको मूल्यमा तीव्र गिरावट आउन थालेको हो ।
यता, बिटक्वाइनको मूल्य पहिरोको गतिमा घटिरहेको प्रभाव अन्य क्रिप्टोकरेन्सीको मूल्यमा समेत देखिन थालेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । अधिकांश क्रिप्टोकरेन्सीको मूल्यमा ७ देखि २२ प्रतिशतसम्मको गिरावट आइसकेको छ ।
तर, गिरावटको बाबजुद बिटक्वाइनको मूल्य यो वर्ष ३१ प्रतिशत भन्दा बढीले वृद्धि भइसकेको छ । एक वर्षअघिको तुलनामा यसको मूल्य ३०० प्रतिशतले बढिसकेको छ ।
विश्वभरका नियामकहरु डिजीटल करेन्सीको मूल्यमा आएको गिरावटले खासै चिन्तित देखिएका छैनन् । किनभने उनीहरु यसको मूल्य बढ्दा वा घट्दा विश्व वा कुनै देशको आर्थिक प्रणालीमा कुनै प्रभाव नपर्ने ठान्छन् ।
क्वाइन मार्केट क्याप डटकमका अनुसार अहिले विश्वभर प्रचलनमा रहेका क्रिप्टोकरेन्सीको बजार मूल्य १.७२ लाख करोड डलर पुगेको छ। स्टक मार्केट(४६.९ लाख करोड डलर), रियल स्टेट मार्केट(४१.३ लाख करोड डलर) र ट्रेजरी मार्केट(२१ लाख करोड डलर)को तुलनामा क्रिप्टोकरेन्सीको कुल बजार मूल्य नगण्य नै हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago