काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
केन्द्रीय बैंकले दुई साताको अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत् उक्त रकम संकलन गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार आज जारी हुन लागेको उक्त निक्षेप आगामी पुस ५ गते परिपक्व हुनेछ ।
उक्त कार्यका लागि केन्द्रीय बैंकले सूचना जारी गर्दै इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मंसिर २१ गते अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने बताएको छ ।
इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने छ ।
बजारमा हाल ५ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम तरलता छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर भने १.०३ प्रतिशत छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19