काठमाण्डौ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार  अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ । 

आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रबन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशिको चेक न्यौपानेलाई प्रदान गरे । 

कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त बम्पर उपहार प्रदान गरिएको हो ।