 
                     
                                
                             
                                    न्यूयोर्क । निकै चर्चित अटो कम्पनी टेस्लाका चेयरम्यान एलन मस्कलाई बिहीबार निकै ठूलो झट्का लागेको छ ।
ब्लुमबर्गका अनुसार न्यूयोर्कको सेयर बजार खुलेको २ मिनेटमै टेस्लाको सेयर मूल्यमा ११ प्रतिशतको पहिरो गयो । यसमा मस्कको सम्पत्ति करिब १.१ अर्ब डलरले घट्न पुगेको छ ।
यो महागिरावटपछि मस्कको नेटवर्थ २२.३ अर्ब डलरमा सीमित हुन पुगेको छ ।
इलेक्टिक कार बनाउनेवाला यो कम्पनी मार्चको त्रैमासमा गाडीको डेलिभरीमा निकै ठूलो गिरावटको रिपोर्ट सार्वजनिक भएको थियो ।
यो अवधिमा कम्पनीले ६३ हजार गाडीको डेलिभरी गरेको थियो । जब गत वित्त वर्षको अन्तिम त्रैमासमा कम्पनीले ९० हजार ९६६ कार बेचेको थियो ।
ब्लुमबर्गको रिपोर्टमा भनिएको छ कि मस्कले करिब १० अर्ब डलर टेस्ला र १३ अर्ब डलर रकेट विजनेस स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्ममा लगानी गरेका छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19