काठमाण्डौ । अथक मेहनत र प्रयास गर्ने हो भने सानो लगानीबाट पनि ठूलो ब्रान्ड सिर्जना गर्न सकिन्छ । यसका लागि अथक मिहिनेत अनि त्याग गर्नै पर्दछ ।

हो, आज यही मिहिनेतबाट सृजित बनेको ब्रान्डले एकाएक भारतीय महिला अनिता डोंगारालाई चर्चाको शिखरमा पुर्‍याएको  छ । आफ्नी आमाको साथ र सहयोग पाएर जम्मा दुईवटा सिलाई मेसिनबाट व्यवसाय शुरु गरेकी उनले छोटो समयमा उल्लेख्य सफलता प्रापत गरिन् । उनको कम्पनीको बजार पूँजीकरण नै १४०० करोड भारु पुगिसकेको छ ।

हुन त यदि जीवनमा सबै कुरा सहज रूपमा प्राप्त भयो भने त्यसले सफलताको स्वाद दिंदैन भनिन्छ । तर उनको हकमा यो लागू भएको देखिदैन ।अनिता डोंगारा आज देशको सबैभन्दा धनी फेसन डिजाइनरको रूपमा परिचित छिन् । वास्तवमा कठिनाइहरू सबैको जीवनमा आउँछन्। कसैको लागि थोरै, कसैको लागि धेरै ।

कतिपयले यी कठिनाइहरूबाट हार स्वीकार गर्छन् भने कोहीले त्यसलाई पार गरेर विजय हासिल गर्छन्। अनिता ती व्यक्तिहरू मध्ये एक थिइन् जसले अनवरत रुपमा संघर्ष गरेकी थिइन्। उनले गरेको लडाईको नतिजा अहिले देखिएको छ रत आज उनी सबैभन्दा धनी डिजाइनरहरू मध्ये एक छिन्। अहिले उनले आफ्नै बलबूतामा १४०० करोड भारुको फेसन ब्रान्ड बनाएकी छिन् । 

को हुन् अनिता डोंगारा ?
अनिता डोंगारा भारतकी एक प्रसिद्ध फेसन डिजाइनर हुन्। उनको आफ्नै कपडा ब्रान्ड छ, जसको ब्रान्ड एम्बेसेडरमा बलिउड अभिनेत्री कट्रिना कैफदेखि हलिउड स्टार बेयोन्से जस्ता कलाकारहरु सामेल छन्। हाउस अफ अनिता डोङ्रेको नाममा उनको अनलाइन र अफलाइन स्टोरहरू छन्। उनको फेसन ब्राण्डको बजार पूँजीकरण १४०० करोडभन्दा माथि  छ ।

कुनै समय उनको लुगाका आइटमहरु बजारका विभिन्न स्टोर तथा रिटेल काउन्टरबाट बारम्बार अस्वीकृत हुन्थ्यो। कुनै कपडा व्यापारीले उनले डिजाइन गरेका कपडाहरू स्टक गर्न चाहँदैन थिए तर आज उनी देशका शीर्ष डिजाइनरहरूमा पर्छिन् । अरुको कपडा पसलमा सिलाईको काम गर्ने आफ्नी आमाको फेसनप्रतिको रुचि र कामबाट उनी प्रभावित थिइन्। उनले त्यहींबाट फेसनको प्रेरणा पाएकी थिइन् ।

१९ वर्षको उमेरमा उनले आफू फेसन डिजाइनर बन्ने संकल्प गरिन् । परिवारमा यसको चर्को विरोध पनि भयो ।  परिवारबाट बिरोध हुँदाहुँदै पनि यसतर्फ उनले यो कदम चालिन् । उनि भन्छिन्, ‘हरेक पाइलामा आमा मेरो साथमा हुनुहुन्थ्यो, शुरुमा दुईवटा सिलाई मेसिनबाट काम शुरु गरें, कठिनाइ र चुनौतीहरू आए। साथीभाइ र आफन्तले धेरै गिल्ला पनि गरे तर मैले त्यतातिर कहिल्यै ध्यान दिइन ।’

संघर्ष गरेपछि मात्रै सफलता मिल्छ भन्ने बुझेकी उनले २० वर्षको उमेरमा कमाउन थालिन । उनी त्यतिमै रोकिइनन्, अगाडि बढ्दै गइन् । फेसन र कपडाको ब्रान्डमा भारतीय महिलाहरु नगन्य रहेको उनलाई थाहा थियो ।उनले यो कामको शुरुवात ३०० वर्ग फिट क्षेत्रफलबाट शुरु गरेकी थिइन् । उनले अहिले पश्चिमी फेसनलाई भारतीय परम्परासँग जोडेकी छिन् ।

पश्चिमी फेसनको साथ भारतीय शिल्पी लुगाहरू तयार त भए तर यसलाई बजारीकरणसँसँगै बिक्री गर्नुपर्ने बाध्यता थियो तर सजिलो थिएन। सपिङ मल, आउटलेट, रिटेलरदेखि फेसन पसलसम्म उनका डिजाइनहरू अस्वीकृत भएका थिए ।  जब कपडा बिक्री हुन सकेन तव उनले आफ्नै ब्रान्ड खोल्ने निर्णय गरिन।

सन् १९९५ मा उनले आफ्नो पहिलो ब्रान्ड खोलिन् । उनको चर्चित फेशन ब्रान्डमा ग्लोबल देशी, अनिता डोंगरा ब्राइडल काउन्ट,अनिता डोंगरा ग्रासरुट, पिंक सिटी आदि । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार अनिता भारतको सवैभन्दा धनी महिला फेसन डिजाइनर हुन्। उनका नेटवर्थ ८.२१ करोड भारु रहेको छ । -एजेन्सीको सहयोगमा