काठमाण्डौ । गत वर्षदेखि सुरु भएको कर्मचारी कटौतीको प्रक्रिया यस वर्ष पनि रोकिने छाँटकाँट छैन। पहिले आईटी र एडटेक कम्पनीका कर्मचारी मारमा परे पनि अहिले यसको दायरा बढेर धेरै क्षेत्रमा पुगेको छ। 

चर्चित अमेरिकी फेसन ब्रान्ड ग्यापले आफ्ना करिब १ हजार ८०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ। कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘लागत घटाउन कर्मचारी कटौती गर्न लागिउको हो। 

ग्यापले गत वर्ष सेप्टेम्बरमा ५०० कर्मचारीलाई निकालेको थियो। तर, यसपटक ठूलो संख्यामा कर्मचारीलाई निकालिँदैछ। 

कम्पनीका अनुसार निकालिने १ हजार ८०० कर्मचारीमा कम्पनीको मुख्यालयमा काम गर्ने कर्मचारी, माथिल्लो क्षेत्र र क्षेत्रीय स्टोरमा कार्यरत लिडर तथा लिडर रहेका छन्। ग्यापले आफ्नो बिक्री घटेको बेलामा लेअफको घोषणा गरेको हो। 

कम्पनी नाफाको बाटोमा फर्किन संघर्ष गरिरहेको छ। ग्यापको अन्तरिम सीईओ बब मार्टिनले कर्मचारी कटौतीले कम्पनीलाई वार्षिक ३० करोड डलर बचत गर्ने अपेक्षा गरिएको बताएका छन्। 

विश्वको अर्थतन्त्रमा मन्दीको बढ्दो खतराका बीच अमेरिकादेखि चीनसम्मका कम्पनीहरूमा सुरु भएको कामबाट निकाल्ने प्रक्रिया अझै जारी छ। अमेरिकामा बैंकिङ संकटले आर्थिक मन्दीको डरलाई गहिरो बनाएको छ। मेटा (फेसबुक), ट्विटर र अमेजनजस्ता कम्पनीले कर्मचारी कटौती गरेका थिए। –एजेन्सी