काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले आगामी असोज २ गतेदेखि १ बराबर २ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्स कम्पनीले १ सय रुपैयाँ अंकित दरको कुल २३ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

आरएसडिसी लघुवित्तको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३१२१ रुपैयाँ रहेको छ ।

कम्पनीका सेयरधनीहरुले असोज २ गतेदेखि कात्तिक ५ गतेभित्र तोकिएको स्थानमा गई हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमीटेडले गर्नेछ । 
हाल यो कम्पनीको चुक्तापूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ३४ करोड ५० लाखको उचाईमा पुुग्नेछ । 

कम्पनीको अधिकृतपूँजी ३४ करोड ५० लाख र जारी पूँजी पनि ३४ करोड ५० लाख नै रहेको छ । यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ९६ लाख खूद नाफा आर्जन गरेको थियो । 

कहाँ पाइन्छ दरखास्त ?
आरएसडिसी लघुवित्तको हकप्रद खरीदका लागि सेयरधनीले काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको मुख्य कार्यालय, बुटवल कालिकानगर १२ स्थित आरएसडिसीको केन्द्रीय कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडका काठमाण्डौ उपत्यकाभित्र बाहेकका सबै शाखा कार्यालयहरुबाट दरखास्त दिन सक्नेछन् ।