काठमाण्डौ । रोजगारको खोजी गरिरहेकाहरुका लागि अमेजनले सेप्टेम्बर १६ तारिखका दिन करिअर डे को आयोजना गर्ने भएको छ । अमेजन करिअर डेमा कम्पनीका १ हजार भर्नाकर्ताको समूह समावेश हुनेछन् । यसका साथै २० हजार करिअर कोचीङ सेसनहरु हुनेछन् र सेसनहरु निशुल्क हुनेछन् ।
अमेजनमा यतिबेला कर्पाेरेट र प्राविधिक भूमिकामा ३३ हजार पद खालि रहेको छ । यी नयाँ पदहरुमा न्यूनतम १५ डलर प्रतिघण्टाको दरले भुक्तानी दिइनुका साथै २० साताको अभिभावकीय बिदा पनि दिइनेछ ।
कर्पाेरेट र प्राविधिक भूमिकामा काम गर्नेहरुलाई औसत तलब एकलाख ५० हजार डलर प्रदान गरिनेछ र स्टकमा आधारित सुविधाहरु प्रदान गरिनेछ ।
अमेजनले गरेको सर्भेमा कोरोना महामारीका कारण ५३ प्रतिशत अमेरिकीहरुले नयाँ कामका लागि भौतारिरहेको देखिएकाले कम्पनीले करिअर डेको आयोजना गर्न गइरहेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago