काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण पहिलोपटक ३४ ट्रिलियन डलर पुगेको छ ।

अमेरिकाको ट्रेजरी विभागको नयाँ तथ्यांकका अनुसार अमेरिकाको कुल ऋण ३४.००१ ट्रिलियन डलर पुगेको हो । 

तथ्यांकका अनुसार तीन महिनाको अवधिमा अमेरिकाको ऋण १ ट्रिलियन डलर थपिएको छ । यो देशको जीडीपीको करिब १२५ प्रतिशत हो ।

पछिल्लो तीन वर्षमा १० ट्रिलियन डलरभन्दा बढी ऋण अमेरिकाको अर्थतन्त्रमा थपिएको छ । 

अवस्था यस्तो आईसक्यो कि अमेरिकाले दैनिक १.८ अर्ब डलरभन्दा बढीको ब्याज तिर्नु परिरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने अमेरिकी सरकारको आम्दानीमा कम भइरहेको छ र सरकारले बढी खर्च गरिरहनु परेको छ । 

रिपार्टका अनुसार केहि वर्षमा अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा ऋणको अनुपात २०० प्रतिशतसम्म पुग्नेछ । अर्थात देशको ऋण अर्थतन्त्रको दुईगुणा पुग्नेछ । अबको १० वर्षभित्र अमेरिकाको फेडरल सरकारले अनुसन्धान तथा विकास,भौतिक निर्माण र शिक्षामा गरिने खर्चभन्दा बढी ऋण चुक्ता गर्न खर्चनुपर्ने देखिएको छ ।

चिन्ताको विषय त के छ भने अमेरिकाको ऋण अर्थतन्त्र राम्रो अवस्थामा भएको बेला र बरोजगारी कम भएको समयमा बढीरहेको छ । प्रायःजसो सरकारहरुले देशको अर्थतन्त्र कमजोर भएपछि अर्थतन्त्र उकास्न खर्च बढाउने गर्छन् । 

गत अगस्ट महिनामा रेटिङ एजेन्सी फिचले अमेरिकाको सरकारी ऋणको रेटिङ एएप्लस बाट घटाएर त्रिपल ए कायम गरेको थियो ।नोभेम्बर महिनामा मूडिजले अमेरिकाको एएए रेटिङ कटौति गर्ने चेतावनी दिएको थियो ।  -एजेन्सी