काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।

नेप्से इन्डेक्स २.६० अंकले बढेर १ हजार ९८८.०४ विन्दुमा पुगेको छ । सेयरबजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटको छ । आज २९२ वटा कम्पनीको १ करोड २० लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये ४ उपसमूह राताम्य भएका छन् भने ९ वटा उपसमूहमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसमूह घटेका छन् ।

जीवन बीमा इन्डेक्स १.१४ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स १.३१ प्रतिशतले घटेको छ । 

बीमा समूह घटेपनि केही बीमा कम्पनीको सेयरभाउ बढेका छन् । बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने तथा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी छ । कम्पनीको सेयरभाउ २.२९ प्रतिशतले बढेर ६७० रुपैयाँ पुगेको छ । 

त्यस्तै, रिलायबल नेपाल लाइफको ०.१८ प्रतिशतले बढेर ५४३ रुपैयाँ र नेको इन्स्योरेन्सको ०.१२ प्रतिशतले बढेर ८४४ रुपैयाँ सेयरभाउ पुगेको छ । 

आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.४७ प्रतिशतले घटेर ५३४ रुपैयाँ कायम छ । 

त्यस्तै, आइजीआई प्रुडेन्सियलको २.६७ प्रतिशत, युनाइटेड अजोडको २.१० प्रतिशत, हिमालयन लाइफको १.९७ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.९२ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.९१ प्रतिशत, सूर्यज्योति लाइफको १.८३ प्रतिशत, आइएमई लाइफको १.८० प्रतिशतले सेयरभाउ घटेको छ । 

यसैगरी, एशियन लाइफको १.७३ प्रतिशत, एलआइसी नेपालको १.६७ प्रतिशत, सन नेपाल लाइफको १.६७ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.५८ प्रतिशत, एनएलजीको १.५२ प्रतिशत, सलिकोको १.४९ प्रतिशत, हिमालयन एभरेष्टको १.३२ प्रतिशत, सिटिजन लाइफको ०.९७ प्रतिशत, नेपाल लाइफको ०.४४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३४ प्रतिशत, नेशनल लाइफको ०.३२ प्रतिशत र शिखरको ०.२६ प्रतिशतले सेयरभाउ घटेको छ । 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा चार जीवन बीमा कम्पनी छन् । सर्वाधिक रिलायबल नेपाल लाइफको ११ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, हिमालयन लाइफको ८ करोड १४ लाख, सन नेपाल लाइफको ७ करोड ३२ लाख र सिटिजन लाइफको ७ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।