काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेड १० बराबर ४ को अनुपात(४० प्रतिशतका दरले)मा हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।

फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यका कुल २३ लाख ११ हजार ६ सय ५० कित्ता सेयर निश्कासनका लागि बोर्ड पुुगेको हो । बोर्डले स्वीकृति दिएपछि कम्पनीले २३ करोड ११ लाख रुपैयाँ बराबरको हकप्रद निश्कासन गर्नेछ । 

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । 

कम्पनीको २०७४ असार २३ गते सम्पन्न विशेष साधारणसभाले ४० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । 

हाल यो फाइनान्स कम्पनीको चुक्तापूँजी ५७ करोड ७९ लाख रहेको छ । हकप्रदपछि चुक्तापुँजी बढेर ८० करोड ९१ लाखको उचाईमा पुुग्नेछ । 
यो कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ७१ हजार खूद नाफा आर्जन गरेको थियो ।