काठमाण्डौ । भारतीय सेयर बजारमा कारोबार राफसाफ अझै अवधि छोट्टिने भएको छ ।

भारतीय पूँजीबजार सञ्चालक सेबिले सन् सन् २०२४ को मार्चदेखि सेयर कारोबारको राफसाफ एकै दिनमा गर्ने तयारी गरेको छ । टी प्लस वान सेयर खरिदबिक्री गरेको एक दिनभित्रै राफसाफ सक्नुपर्नेछ । अर्थात, धितोपत्रको कुनैपनि खरिद वा बिक्रीको लेनदेन अर्को दिन लगानीकर्ताको डिम्याट खातामा प्रतिबिम्बित हुनुपर्नेछ । 

सेबि प्रमुख माधबी पुरिले पत्रकार सम्मेलनमा शनिवार बोल्दै  उक्त घोषणा गरेकी हुन् । सोहि दिनको राफसाफ, बजारको पुर्वाधार र ब्रोकरको पुर्वाघार विकासको बारेमा बोल्‍दै उनले तुरुन्‍त राफसाफको तयारि थालिने बताइन् ।

उनले यसका लागि तुरुन्त तयारी थालिहाल्न पनि ब्रोकरहरुलाई निर्देशन दिएकी छिन्।भारतमा अहिले टी प्लस वान कारोबार भइरहेको  छ।   

सेबीले चरणवद्ध रुपमा राफसाफ अवधि छोट्याउन योजना अनुरुप टी प्लस जिरो लागू गर्न लागेको हो । नेपालको सेयर बजारमा भने टी प्लस टु सेटलमेन्ट रहेको छ । तथापि ब्रोकरले राफसाफमा गर्ने ढिलासुस्‍तिले लगानीकर्ता मारमा पर्ने गरेका छन् ।-एजेन्सी