काठमाण्डौ । तीन वटा लघु जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८० ०८१ को चार महिनामा ४८ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिवर्टी माइक्रो लाइफले करिब आधा करोड प्रिमियम भित्र्याएका हुन् । 

कात्तिक मसान्तसम्म सबैभन्दा बढी गार्डियन माइक्रो लाइफले २७ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले २० लाख ३६ हजार रुपैयाँ र लिवर्टी माइक्रो लाइफले ७२ हजार रुपैयाँ प्रिमियम भित्र्याएका छन् । 

कात्तिक मसान्तसम्ममा तीन लघु जीवन बीमा कम्पनीमा कुल सक्रिय बीमालेखको संख्या ५ हजार १७८ रहेको छ ।

सबैभन्दा बढी गार्डियन माइक्रो लाइफमा २ हजार ८८०, क्रेष्ट माइक्रो लाइफमा २ हजार २३५ र लिवर्टी माइक्रो लाइफमा ६३ वटा बीमालेख सक्रिय रहेका छन् । 

पछिल्लो समय लघु जीवन बीमा कम्पनीहरुको व्यवसायमा सुधार हुँदै गएको छ । कम्पनीहरुले आफ्नो व्यवसायमा प्रगति गर्नका लागि विभिन्न क्षेत्रमा शाखा विस्तार गर्दै लगिरहेको छ । 

गार्डियन माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शाखा संजालसँगै प्राधिकरणको निर्देशनमा ग्रामीण भेगलाई केन्द्रित गरी बीमालेख बिक्री गर्ने बताएका छन् ।