काठमाण्डौ । भारतको विज्ञान एवम् प्राविधिक विभागअन्तर्गतको संस्था विज्ञान तथा इञ्जिनियरिङ अनुसन्धान बोर्डले कोभिड १९ उत्पादन गर्ने एजेन्ट नोवल कोरोना भाइरस नियन्त्रण गर्न तथा त्यसलाई नष्ट गर्नका लागि एक खास टेक्निक बनाइरहेको खबर बाहिर आएको छ ।
जी न्यूजका अनुसार यो कामका लागि भारतका जिव विज्ञान तथा जिव इञ्जिनियरिंग विभाग(डीबीबी)ले आइआइटी बम्बईलाई यो जिम्मेवारी सुम्पिएको छ ।
आइआइटी बम्बईको एक विशेष टिमले एक विशेष प्रकारको जेल तयार गरिरहेको छ, जसलाई नाकमा लगाउन सकिनेछ । खासमा नोवल कोरोना भाइरस नाक वा घाँटीको माध्यमबाटै मानिसको शरीरमा प्रवेश गर्छ । यो जेल लगाउनेको शरीरमा भाइरस प्रवेश गर्नै नसक्ने रिसर्चरहरुको दाबी छ ।
यो जेलको विकास गर्नका लागि विज्ञान तथा प्राविधिक मन्त्रालयले आर्थिक सहयोग गरिरहेको समाचारमा उल्लेख छ ।
यस्तो खालको जेल बनेपछि यसले स्वास्थ्यकर्मीहरुको सुरक्षा मात्र सुनिश्चित हुँदैछ, बरु कोभिड १९ को समुदायमा भइरहेको संक्रमणलाई नियन्त्रण गर्न सकिनेछ । यसबाट कोरोना भाइरससँग लड्न समेत मद्धत हुनेछ ।
कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिन्छ । यहीकारण संक्रमितको उपचार गर्नेहरुलाई यो भाइरस संक्रमणको अधिक संभावना हुन्छ । यो भाइरस संक्रमितलाई छोएपछि सर्छ । यस्तो अवस्थामा भारतीय मिडियाहरुले दाबी गरेअनुसारको जेल बन्यो भने त्यसले उपचारको क्षेत्रमै कायापलट गरिदिनेछ ।
आइआइटी बम्बईको टिमले कोभिड १९ को प्रमुख एजेन्ट सार्स कोभ २ भाइरसको संक्रमणलाई २ चरणमा रोक्ने योजना बनाएको छ । यो भाइरसले सबैभन्दा पहिला फोक्सोका कोशिकाहरुमा आफ्नो प्रतिक्रिया पैदा गर्ने गर्छ, यसकारण रणनीतिको पहिलो भाग भाइरसलाई शरीरका कोशिकासँग जोडिनबाट रोक्नका लागि प्रयास भइरहेको छ । दोश्रो चरणमा भने जैविक अणु समावेश गरिन्छ, जसबाट डिटरजेन्टले जस्तै भाइरसलाई फसाएर निस्क्रिय गर्ने काम गरिन्छ । यही रणनीतिका साथ जेल विकसित भइरहेको र त्यो जेल नाकमा लगाएर भाइरस संक्रमण रोक्न सकिने समाचारमा दाबी गरिएको छ ।
आइआइटी बम्बईका प्रोफेसर किरण कोण्डाबगील, प्रोफेसर रिन्ती बनर्जी, प्रोफेसर आशुतोष कुमार तथा प्रोफेसर शमिक सेन यो परियोजनामा काम गरिरहेका छन् । टिमका सदस्यहरुमा विषाणू विज्ञान, संरचनात्मक जीव विज्ञान, जैविक भौतिक, बायोमेटेरियल्स तथा औषधि वितरणको क्षेत्रमा विशेषज्ञता रहेको छ । यो टेक्निक लगभग ९ महिनाभित्र विकसित भइसक्ने अनुमान गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago