काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको छ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो। सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जानकारी गराएको छ।
यसैगरी राष्ट्र बैंकले भन्सार उपशीर्षक ०७१३.१०.०० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि कुल ८० हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था गरेको छ।
यसैगरी भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई आव २०७७÷७८ का लागि २५ हजार मेट्रिकटन विदेशबाट आयात गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।
त्यस्तै भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाए आव २०७७/७८ को अवधिका लागि ५० हजार मेट्रिकटन आयात गर्न सकिने व्यवस्था गरिएको छ।
भन्सार उपशीर्षक ०९०४११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ को अवधिका लागि कुल १५ हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।
यी सबै वस्तुको पैठारीमा सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago