grameen bikas laghubitta bittiya sanstha ltd.
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी असोज ५ गते विशेष साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले रुपन्देहीको कालिकानगरस्थित एशियन होटलमा विशेष साधारणसभा आह्वान गरेको हो ।
साधारणसभामा हाल कायम चुक्तापूँजीको ५० प्रतिशतले हुन आउन ३२ करोड ७५ लाख बराबरको हकप्रद सेयर निश्कासनको प्रस्ताव लगिने कम्पनीले जनाएको छ । साधारणसभाले ६५ करोड ५० लाखमा सीमित जारी पूँजीलाई बढाएर ९८ करोड २५ लाख पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि भदौ १८ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । यसको अर्थ भदौ १७ गतेसम्म यो कम्पनीको सेयर किनेकाले मात्र विशेष साधारणसभामा सहभागिता जाउन पाउनेछने ।
यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १६ करोड ८४ लाख खूद नाफा आर्जन गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19