prabhu bank limited
काठमाण्डौ । नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपालभारत सीमामा रहेका भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ कारोवार शुरु गरिरहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिङ सेवाहरु गर्ने सम्बन्धी सम्झौतामा बिहीबार एक कार्यक्रमकाबीच सम्झौता भएको छ ।
सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।
रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटहीभन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकले काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।
नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका ती भन्सार कार्यालयहरुको स्तरोन्नतिसंगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आँकडामा बृद्धि हुनजाने बिश्वास लिइएको छ ।
बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात-निर्यातकर्ताहरुले सरल रुपमा बैंकिङ सेवाहरु प्राप्त गर्नेछन् ।
साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago