काठमाण्डौ । सेयर बजारलाई प्रायः जोखिमपूर्ण कारोबारका रुपमा हेर्ने गरिन्छ ।

तर केहि कम्पनीका सेयर भने लगानीकर्ताको भाग्य बदल्ने छडीका रुपमा साबित हुन्छन् । सेयर बजारमा यस्ता कयौँ उदाहरण छन् । यी मध्ये केहिले दिर्घकालिन लाभ दिन्छन् भने केहिले अल्पकालिन । 

यस्तै एउटा सेयर भारतको सफ्टवेयर डेभलपमेन्ट,डिफेन्स,इलेक्ट्रिक भेइकलसँग सम्बन्धित नाइब लिमिटेडको रहेको छ । यो कम्पनीमा एक लाख रुपैयाँ लगानी गर्नेको रकम मात्रै ५ वर्षमा १ करोड रुपैयाँभन्दा धेरै भएको छ । 

नाइब लिमिटेडको सेयरमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीले ५ वर्षको अवधिमा १२६४८ प्रतिशत मुनाफा दिएको छ । सन् २०१९ जुलाई ५ मा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५.९५ भारु थियो ।

यो समाचार तयार पार्दासम्म(सन् २०२४ जनवरी ९) यो कम्पनीको सेयरमूल्य ७९६.४० भारु पुगेको छ । आज यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतले बढेको छ । 

यो कम्पनीमा सन् २०१९ मा १ लाख रुपैयाँ लगानी गरेको लगानीकर्ताको मूल्य अहिले १ करोड रुपैयाँ पुगेको छ । प्रतिरक्षा र विद्युतीय सवारी क्षेत्रमा काम गर्ने यो कम्पनीको बजार पूँजीकरण ९४८.६७ करोड भारु पुगेको छ । 

-एजेन्सी