काठमाण्डौ । ‘अक्टोबर १५ तारिखमा मेरो छोरीको बिहे छ । गाउँ जानुछ । मरीमरी काम गरेर मैले यो बैंकमा पैसा जम्मा गरेकी थिएँ । मलाई मेरो पैसा चाहियो । यदि बैंकले पैसा दिएन भने मैले मेरो छोरीको बिहे कसरी गर्ने ?’

यो क्रन्धन हो भारत पन्जाबी एक महिला अनवर बी शेखको । उनले अरुको घरमा मरीमरी काम गरेर थोरैथोरै पैसा जम्मा गरेर बैंकमा जम्मा गरेकी थिइन् । तर अब उनले त्यो पैसा झिक्न पाउने छैनन् । 

भारत रिजर्ब बैंक (आरबीई) ले पञ्जाब र महाराष्ट्र को–अपरेटिभ बैंक या नि पीएमसीलाई आफ्नो निगरानीमा लिएको छ । आरबीईले यो बैंकमा अरु थुप्रै प्रतिबन्ध पनि लगाएको छ ।

आरबीआईको यो कारबाहीले उक्त बैंकका ग्राहकलाई सडकमा ल्याइदिएको छ । आरबीईले गत २४ सेप्टेम्बरमा पीएमसीलाई आफ्नो नियन्त्रणमा लिएको हो । तर एक दिनअघि मात्र बैंकले आफ्ना ग्राहकहरुलाई सबै ठिक छ भनी सन्त्वना दिएको थियो ।

‘मैले २३ सेप्टेम्बरमा बैंकमा आफ्नो फिक्सड डिपोजिटको रिन्यू गरेकी थिएँ’, मुम्बईस्थित यो बैंकको शाखाबाहिर अँध्यारो अनुहार पारेर बसेकी एक ७९ वर्षीया महिलाले रुँदै भनिन्, ‘मेरो घरमा एउटा अटिस्टिक बच्चा, जसका लागि मैले सारा जीवन पाईपाई जोडी यो फिक्सड डिपोजिटमा पैसा जम्मा गरेकी थिएँ, अब मैले पैसा निकाल्न नपाउने भएँ ।’

बैंकले अन्तिम समयमा आएर २४ सेप्टेम्बरमा मात्र आफ्ना ग्राहकलाई बैंक आरबीआईको निगरानीमा लगेको जानकारी गराएको थियो । उनले आरबीआईको निगरानीमा गएपछि पैसा झिक्न नपाउने जानकारी गराएको थियो ।

आरबीआईले उक्त बैंकलाई ग्राहकबाट निक्षेप संकलन र ग्राहकलाई नगद भुक्तान गर्न तथा ऋण प्रवाह गर्न रोक लगाएको छ ।

पीएमसी बैंकको स्थापना सन् १९८४ मा मुम्बईमा भएको थियो । यो बैंकको शाखा देशभर १३७ वटा रहेको छ ।

मार्च २०१९ सम्म बैंकमा ११ हजार ६१७ करोड रकम जम्मा थियो । उसले ८ हजार ३८३ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

बैकिङ विशेषज्ञ तथा महाराष्ट्र बैंक एप्लाइज एसोसिएसनका महासचिव विश्वास उटागीका अनुसार गत वर्ष मार्चसम्म पीएमसी बैंकको अवस्था ठिक थियो । उनले भने, ‘यो बैंक महाराष्ट्रको सबैभन्दा ठूलो कोअपरेटिभ बैंकमध्ये एक थियो । यो बैंकले करिब १७ हजार करोड रुपैयाँको कारोबार गर्छ । गत मार्चाको वासलातअनुसार बैंकले ९९ करोड रुपैयाँ मुनाफा पनि कमाएको छ ।’

आरबीआईले पनि यो बैंकलाई सन् २०१९ मा ‘ए’ ग्रेडको रेटिङ दिएको थियो । यो बैंकको रिजर्ब सरप्लस पनि ठिक छ । यसको ग्रस एनपीए र नेट एनपी पनि आरबीआईको प्यारामिटरकै दायरमा थियो ।
अब प्रश्न यहाँ आउँछ कि विगत ६ महिनामा यस्तो के भयो र बैंकको हालत यस्तो खराब भयो । उटागी भन्छन्, ‘यसको एउटै कारण छ, त्यो हो हाउसिङ डेभलपमेन्ट कम्पनीलाई दिइएको साढे २ हजार करोड रुपैयाँ ऋण ।’

पीएमसी बैंकले एचडीआईएल (हाउसिङ डेभलपमेन्ट एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड) नामक कम्पनीको नाममा साढे ३ हजा करोड ऋण उपलब्ध गराएको छ । उटागी भन्छन्, ‘तर आरबीआईले उक्त ऋणबराबरको रकम पीएमसी बैंकलाई व्यवस्था गर्न निर्देशन दिएको छ । जब कि मुनाफा र सरप्लस मिलाएर पनि उक्त रकम जम्मा हुन सक्दैन ।’

हैरानका कुरा यो त कि मार्च २०१९ सम्म जुन बैंकको हालत ठीक थियो उसैमाथि अब ३५ए लगाएर आरबीइआईका प्रशासकलाई राख्न लागिएको छ । उटागी भन्छन्, ‘एचडीआईएल अहिले नराम्रो अवस्थामा चलिरहेको छ, त्यसैले एचडीआईएललाई प्रवाह गरिएको ऋणका कारण पनि पीएमसी बैंकको अवस्था नाजुक बन्ने निष्कर्षका साथ आरबीआईले आफ्नो नियन्त्रणमा लिएर प्रशासक राख्न लागेको हो ।’

आरबीआईले पीएमसीमाथि ६ महिना कारोबार प्रतिबन्ध लगाएको छ । बैंकका प्रबन्ध निर्देशक जोय थोमसले भने आफ्ना ग्राहकलाई ६ महिनापछि बैंक पुनः पहिलाकै जस्तो अवस्थामा फर्किने आश्वासन दिएका छन्। उनले भनेका छन्, ‘म बैंकको एक्जिक्युटिभ डाइरेक्टर हुनुको नाताले अहिले बैंकमा देखिएको सबै समस्याको जिम्मेवारी लिन्छु र आफ्ना ग्राहकलाई यो आश्वस्त पार्न चाहन्छु कि ६ महिनापछि फेरि हामी पहिलेकै गतिमा कारोबार गर्नेछौँ ।’

यदि यो अवधिमा बैंक डुब्यो भने बैंकमा रकम जम्मा गरेका ग्राहकले अधिकतम एक लाख रुपैयाँसम्म पाउनेछन् । जसको पैसा एक लाखभन्दा बढी छ उनीहरुले पाउने छैनन् । यो घटनाले सबैभन्दा बढी बैंकका ग्राहक प्रताडित बनेको उटागी बताउँछन् ।

बैकिङ रेग्युलेसन एक्टका अनुसार आरबीआईले देशका सबै बैंकको खाता जाँच गर्न सक्छ । उसलाई प्रत्येक साता बैंकहरुको डाटा प्राप्त हुन्छ । ‘यस्तो अवस्थामा यदि कुनै बैंकको अवस्था खराब थियो भने आरबीआईलाई किन ढिलो गरी थाहा भयो ?’, उटागी प्रश्न गर्छन् । 

उटागी पीएसी प्रकरणमा आम ग्राहकको पैसा जोगाउने काम आरबीआईको हुने बताउँछन् । ‘आरबीआईका अडिटरहरुले आफ्नो जाँच सही ढंगले गरेनन्, यसले आरबीआईको भूमिमा पनि प्रश्नचिह्न खडा हुन्छ’, उनले भने ।

पीएमसी बैंकमा लगाइएको प्रतिबन्धपछि बैंकमा पैसा जम्मा गरेका थुप्रै ग्राहकको भरोसा टुटेको छ । ‘हामीलाई लागेको थियो यो राम्रो बैंक हो तर एक्कासि यस्तो अवस्था आउँदा हाम्रो सबै पैसा डुब्यो कि भन्ने लाग्छ’, एक ग्राहकले रुन्चे स्वरमा भने । –बीबीसी