mutual fund in loss
काठमाण्डौ । सेयर बजारमा पहिरो गएर लगानीकर्ताले अरबौ गुमाइरहँदा सुरक्षित लगानीको क्षेत्र मानिएको म्युचुुअल फण्डहरुले पनि घाटा व्यहोरिरहेका छन् । नेपालमा संचालित म्युुचुुअल फण्डमध्ये अधिकांशले मंसिर महिनामा घाटा व्यहोरेका छन् भने उनीहरुको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालूू) घटेको छ । कतिपयको नेट एसेट भ्यालू प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा पनि तल कायम भएको छ ।
नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले संचालन गरेको सात वर्षे बन्दमुखी म्युुचुुअल फण्ड, नवील इक्वीटी फण्डको खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको छ । यो स्किमको कात्तिकको तुलनामा मंसिरमा नेट एसेट भ्यालू(एनएभी) घटेको हो । कात्तिकमा नवील इक्वीटी फण्डको एनएभी ९.८९ रुपैयाँ रहेकोमा मंसिरमा घटेर ९.८१ रुपैयाँमा झरेको हो ।
यो फण्डको एनएभी प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम कायम भएको हो । एनएभी प्रति इकाई मूल्य भन्दा कम हुनुु राम्रो मानिँदैन ।
१ अर्ब २५ करोडको लगानीबाट सुरु यो स्किमले १५ करोड ७९ लाख विभिन्न सूचिकृत कम्पनीका सेयर, १२ करोड ५० लाख रुपैयाँ मुद्धती निक्षेपमा, ५ लाख १ हजार रुपैयाँ सूूचिकृत नभएका कम्पनीको सेयरमा लगानी गरेको छ । यो फण्डको मंसिरमा खूद घाटा २ करोड ४२ लाख पुुगेको छ ।
कुल सूचिकृत सेयरमध्ये यो फण्डले सबैभन्दा बढी १२ हजार कित्ता बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको सेयरमा लगानी गरेको छ । यस्तै, सबैभन्दा बढी २ करोड ६१ लाख रुपैयाँ यो फण्डले एभरेष्ट बैंकमा लगानी गरेकोछ ।
लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले व्यवस्थापन गरेको ५ वर्षे बन्दमुुखी स्किम लक्ष्मी भ्यालू फण्ड-१ को नेट एसेट भ्यालू समेत घटेको छ । कात्तिकमा १३.३७ रुपैयाँ रहेको एनएभी मंसिरमा घटेर १२.२६ रुपैयाँमा आइपुगेको हो । यो स्कीमको खूद नाफा कात्तिकमा ११ करोड ७३ लाख रुपैयाँ रहेकोमा घटेर मंसिरमा ६ करोड २२ लाखमा आइपुुगेको छ । ५० करोडबाट सुरु भएको यो स्किमले ३४ करोड ५० लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ भने ६७ लाख ८७ हजार रुपैयाँ सार्वजनिक निश्कासनहरुमा लगानी छ । यो स्किमले सबैभन्दा धेरै चिलिमे हाइडोपावर कम्पनीको ३० हजार ६९४ कित्ता सेयरमा लगानी गरेको छ ।
यसैगरी, सिद्धार्थ क्यापिटल लिमीटेडले संचालन गरेको ५ वर्षे बन्दमुुखी म्युचुअल फण्ड सिद्धार्थ इक्वीटी ओरिएन्टेड लिमीटेडको खूद सम्पत्ति मूल्य पनि घटेको छ । कात्तिकमा १५.९१ रुपैयाँ रहेको खूद सम्पत्ति मूल्य घटेर मंसिरमा १४.४७ रुपैयाँमा झरेको हो ।
१०० करोड रुपैयाँबाट सुरु भएको यो स्कीमले ९४ सूचिकृत कम्पनीको सेयरमा ८३ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ भने ७ करोड २२ लाख रुपैयाँ लगानी हकप्रद, बोनस तथा सार्वजनिक निश्कासनहरुमा छ । यो स्किमको कात्तिममा ९ करोड ३१ लाख खूद घाटा भएकोमा त्यो बढेर मंसिरमा २३ करोड ६७ लाख पुुगेको छ ।
कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी गरेको छ । यो कम्पनीको ९९ हजार ४ सय २७ कित्तामा यो स्किमको लगानी छ ।
सिद्धार्थ क्यापिटल लिमीटेडले नै संचालन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-१ को नेट एसेट भ्यालूू पनि घटेको छ ।
एनएभी कात्तिकमा २८.४१ रुपैयाँ रहेकोमा घटेर मंसिरमा २५.३७ रुपैयाँमा आइपुुगेको हो । ५० करोडबाट सुरु भएको यो स्किमले ८६ सूचिकृत कम्पनीको सेयरमा ८३ करोड लगानी गरेको छ भने सार्वजनिक निश्कासन, हकप्रद र बोनसमा ६ करोड ६४ लाख लगानी रहेको छ ।
असोजमा यो स्किमको खूद घाटा ९ करोड ६७ लाख रहेकोमा मंसिरमा बढेर २४ करोड ९० लाख पुुगेको छ ।
सूचिकृत कम्पनीमा कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेडमा लगानी गरेको छ । यो कम्पनीको ४८ हजार ३ सय ८७ कित्तामा लगानी छ ।
यसैगरी, एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको एनआइबिएल समृद्धि फण्ड-१ नेट एसेट भ्यालू(एनएभी) पनि घटेको छ ।
कात्तिक महिनामा यो स्किमको एनएभी १५.३६ रुपैयाँ रहेकोमा घटेर मंसिरमा १३.८२ रुपैयाँ कायम भएको हो । १ अर्ब रुपैयाँबाट सुरु भएको यो स्किमले ८६ सूचिकृत कम्पनीको सेयरमा हालसम्म १ अर्ब ५ करोड लगानी गरेको छ । यस्तै, ३ करोड ३० लाख विभिन्न ऋणपत्र तथा ८ करोड ९४ लाख रुपैयाँ सार्वजनिक निश्कासन, बोनस सेयर र हकप्रदमा लगानी गरेको छ । यो स्किमले १० करोड रुपैयाँ मुद्धती खातामा समेत राखेको छ ।
कात्तिकमा यो स्किमको खूद घाटा २ करोड ३२ लाख रहेकोमा मंसिरमा बढेर १७ करोड ५७ लाख रुपैयाँ पुुगेको छ ।
कुल लगानीमध्ये सबैभन्दा बढी यो स्किमले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ को १५ लाख ६४ हजार कित्तामा लगानी गरेको छ । तर धेरै पैसा भने यो फण्डले एभरेष्ट बैंकको सेयरमा लगानी गरेको छ । त्यहाँ ६ करोड ८ लाख लगानी छ ।
यसैबीच, ग्लोबल आइएमई क्यापिटल लिमीटेडले संचालन गरेको ७ वर्षे बन्दमुुखी म्युुचुुअल फण्ड ग्लोबल आइएमई समुुन्नति स्कीम-१ को एनएभी पनि घटेको छ ।
कात्तिकमा एनएभी १०.१३ रुपैयाँ रहेकोमा मंसिरसम्म घटेर ९.३४ रुपैयाँमा झरेको हो । यो फण्डको एनएभी प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा पनि कम कायम भएको हो । यसको संकेत राम्रो होइन ।
१ अर्ब लगानीबाट सुरु भएको यो फण्डले ४९.५९ करोड रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ भने ४ करोड ७० लाख रुपैयाँ सूचिकृत नभएका कम्पनीको सेयरमा लगानी छ ।
यो स्किमले कात्तिकमा ३ करोड ३३ लाख खूद घाटा व्यहोरेकामा मंसिरसम्ममा त्यस्तो घाटा ११ करोड २७ लाख पुगिसकेको छ ।
कुल खरीद भएको सेयरमध्ये यो स्किमले सबैभन्दा बढी नवील ब्यालेन्स फण्ड १ को ७ लाख २१ हजार २ सय १० इकाई खरीद गरेको छ । तर सबैभन्दा धेरै ५ करोड २२ लाख रुपैयाँको लगानी यो स्किमले नागरिक लगानी कोषमा गरेको छ ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago