काठमाण्डौ । विभिन्न उपकरणहरुमा लगानीको जोखिमलाई पन्छाएर आफ्नो पैसालाई निश्चित रिटर्न आउने विकल्पमा लगाउन चाहनुहुन्छ ? ब्याजदर घटबढ, बजार घटबढ, आर्थिक मन्दी लगायतका जोखिमहरुको सामना नै नगर्ने गरी यदि तपाई वार्षिक रुपमा प्राप्त हुने निश्चित रिटर्न लिएर लगानी गर्न चाहनुहुन्छ भने नवील बैंकले निश्कासन गर्न लागेको ७ वर्षे अवधिको ऋणपत्र तपाईका लागि उत्तम विकल्प हुनसक्छ। 

नवील बैंकले आगामी मंसिर २९ गतेदेखि वार्षिक ९ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गर्दैछ । ऋणपत्रमा छिटोमा पुस ३ गतेसम्म खरीद आवेदिन दिइसक्नुपर्नेछ । 

बैंकले ‘९% नबिल डिबेन्चर २०८७’ नाम दिएको कुल ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । 

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिनेछ भने बाँकी सर्वसाधारणका लागि छुट्याइएको छ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा लगानी गर्नेलाई बैंकले वार्षिक ९ प्रतिशतको दरले रिटर्न उपलब्ध गराउनेछ, निरन्तर सात वर्षसम्म । 

खरीद गरिएको ऋणपत्रका इकाईहरु दोश्रो बजारमा समेत सूचीकृत हुनेछ । दोश्रो बजारमा सूचीकृत भएपछि बजारसँगै मूल्य समेत बढ्नसक्नेछ । 

नवील बैंक नेपालको बैंकिंगको उद्योगको लिडर बैंक पनि हो । यो कम्पनी विभिन्न वित्तीय सूचकहरुका आधारमा हेर्दा निकै बलियो देखिन्छ । 

सेयरको दोश्रो बजारमा समेत नवील बैंकले शानदार प्रदर्शन गर्दै आइरहेको छ । बजार घटेर केही सुस्त भएको अहिलेको अवस्थालाई छाडिदिने हो भने नवील बैंक लामो समयदेखि दोश्रो बजारको हटकेक बन्दै आएको छ ।