काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच सम्झौता भएको छ ।

उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत्  आयोजनाको विद्युत्  खरिदबिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

ताक्सुगाड यसै आर्थिक वर्ष(आव)  मा निर्माण प्रक्रियामा जाने उनको  भनाइ थियो । ४१७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् ।

नलगाड जलविद्युत् आयोजनाको डीपीआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ ।  यो आयोजना  जलाशययुक्त आयोजना हो ।

भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ ।जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डीपीआर २०१६ देखि सुरु भएको थियो ।