काठमाण्डौ । अमेरिकी अर्बपति व्यापारी वारेन बफेट, अनुभवी लगानीकर्ता र विश्वका धनी व्यक्तिमध्ये एक हुन्। विश्वमै उनी परोपकारी कार्यका लागि पनि परिचित छन्। 

संयुक्तराज्य अमेरिकामा ‘थ्याँग्स गिभिङ’ पर्व नजिकिंदै गर्दा उनले ८७० मिलियन डलर अर्थात् (करिब साढे ११ अर्व नेपाली रुपियाँ) चन्दा दिने भएका छन् । यस्तो चन्दा उनले हरेक वर्ष दिने गरेका छन् । अघिल्लो वर्ष उनले ७५० मिलियन डलर चन्दा दिएका थिय ।

उनको हाल १२० बिलियन डलर सम्पत्ति छ । उनले प्रदान गर्ने ८७० मिलियनमध्ये केही उनकी श्रीमतिले चलाएको संस्था र केही छोरीछोरीले चलाएको संस्थामार्फत डोनेसन गर्ने छन् । उनले यस्तो चन्दा सन् २००६ देखि हरेक वर्ष प्रदान गर्दै आएका छन् । र उनीले आफू बाँचुन्जेल यस्तो चन्दा निरन्तर प्रदान गर्ने पनि बताएका छन् । 

परोपकारी कार्यलाई अगाडि बढाउन हरेक वर्ष आयोजना गर्ने वारेन बफेटको ‘बफेट पावर लन्च’ सधैं चर्चामा रहन्छ। उनले आफ्नो मृत्युपछि लगभग सबै सम्पत्ति दान गर्ने घोषणा गरिसकेका छन्। वारेन बफेटलाई सेयर बजारको बिग बुल भनेर चिनिन्छ। सेयर बजारमा लगानी गरेर अर्बौंको सम्पत्ति आर्जन गरेका छन्। अहिले उनी विश्वका धनीहरुको सूचीमा पाँचौ स्थानमा छन्। ९३ वर्षीय वारेन बफेटको नेटवर्थ १२० बिलियन डलर छ।

उनी विश्वका सबै ठूला कम्पनीमा लगानी गर्ने बर्कशायर ह्याथवे कम्पनीका सीईओ हुन्। यसबाहेक बर्कशायर ह्याथवेको पोर्टफोलियोमा उपभोक्ता व्यवसायदेखि बीमासम्मका क्षेत्र समावेश छन्।सेयरमै लगानी गरेर ९२ वर्षीय बफेटले १ खर्ब डलरभन्दा बढीको सम्पत्ति जोडेका छन् ।

एकथरीले त उनलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट लगानीकर्ता भन्ने गरेका छन् । १० वर्षभन्दा बढी समययता सेयर किनेर राखिरहेका कम्पनीमा कोकाकोला, अमेरिकन एक्सप्रेस, मूडिज, जोन्सन एन्ड जोन्सन, बीवाईडी समेतका अनेकौं कम्पनी छन् । -एजेन्सीहरु