काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पूर्वआर्थिक प्रमुख केन रोगफले अमेरिकामा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएका छन्।
केनले अमेरिकी अर्थतन्त्र अब एकपटक मन्दीमा नपुगी मुद्रास्फ्रीति नियन्त्रण गर्न असम्भव रहेको बताएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकी फेडरल रिजर्भ बैंकले कि त तत्कालै मुद्रास्फीति नियन्त्रणमा गर्नुपर्छ कि त आर्थिक मन्दीमा जान तयार हुनुपर्छ।’
केनले मन्दीमा जानुभन्दा मुद्रास्फीति नियन्त्रण गर्नु नै उचित विकल्प हुन सक्ने बताएका छन्। ‘फेडरल रिजर्भ बैंकले समयमै बुझ्नेछ र तीव्रगतिमा बढिरहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्नेछ।’
हार्भड युनिभर्सिटीका प्रोफेसरसमेत रहेका केनले अहिलेको अमेरिकी अर्थतन्त्रलाई देखेर आफू निकै असन्तुष्ट रहेको पनि बताए। फेडरल रिजर्भ बैंकले गरेको प्रयासप्रति आफ्नो सहानुभूति रहेको उल्लेख गर्दै उनले भने, ‘तर, त्यो पर्याप्त छैन।’
केनले अमरिकाले हाल चलेको रुस–युक्रेन युद्धका कारण अमेरिकामा मन्दी आउन सक्ने पनि चेतावनी दिए। ‘रुस र युक्रेनको लामो युद्धले विश्वव्यापी खाद्यसंकट बढेको छ र इन्धनको मूल्यवृद्धिले अमेरिकालगायत मुलुकहरु आर्थिक मन्दीको चपेटामा परेका छन्’, उनले भने।
अमेरिकाको ४० वर्षको इतिहासमै अहिले मुद्रास्फीति उच्च विन्दुमा पुगेको छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago