काठमाण्डौ । कोरोनाभाइरस विश्वमा तिव्र गतिमा फैलिरहदा यसले विश्वको अर्थतन्त्रको विकास दरमा सुुस्तता छाएको छ । 

कोरोनाले गर्दा विश्वले दिनहुँ अर्बौ रुपैयाँको घाटा व्यहोर्नुु परिरहेको छ । यसले पुुर्याएको आर्थिक नोक्सानीको अहिलेसम्म कुुनै लेखाजोखा हुुन सकेको छैन । 

बैज्ञानिकहरुले यसको कुुनै औषधि पनि पत्ता लगाउन सकेका छैनन् । कोरोनाले गर्दा नेपालसहित विश्वका सेयर बजार र अर्थतन्त्रमा प्रतिकुुल असर पारेको छ । 

अर्गेनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टका(ओइसिडी) रिपोर्ट अनुुसार कोरोनाले विश्वको अर्थव्यवस्थामा पुुर्याएको क्षतिको विवरण तत्काल आउन सम्भव देखिदैन । रिपोर्टका अनुुसार अर्थव्यवस्थामा यसको असर लामो समयसम्म रहने छ । कोरोनाले विश्व अर्थव्यवस्थामा पुुर्याएको क्षतिबाट विश्व समुुदायलाई उठ्न धेरै वर्ष लाग्ने उक्त रिपोर्टमा उल्लेख गरिएको छ । 

आतंककारी हमलाभन्दा खतरनाक कोरोनाको संकट 
ओइसिडीका अनुुसार यदि कोरोनाले गर्दा विश्वको अर्थतन्त्रमा मन्दि नआउने हो भने पनि विश्व अर्थव्यवस्थाको गतिमा कमी आउने छ वा त आर्थिक वृद्धि दर नकारात्मक बन्ने छ । 

यसका साथै यसको असर सन् २००८ मा अमेरीकामा भएको आतंकवादी हमला भन्दा पनि खतरनाक हुुने छ । यसले साना र मझौला व्यापारीलाई सबैभन्दा बढि असर पुुर्याउनेछ । 

कोरोनाको यो संकटबाट बच्न सरकारले राहतका प्याकेजहरु ल्याउनुु पर्ने अर्गेनाइजेशनले जनाएको छ । 

बेलायतले यस्तोमा कोरोनाको कारण काम नपाउनेलाई भत्ता दिने निर्णय गरेको छ । 

आइसिडीले कोरोनाभाइरसको संकटसँग जुुध्न निशुुल्क भाइरस टेस्टिङ, डाक्टर र नर्सका लागि सही उपकरण, र कामदारका लागि क्यास ट्रान्सफर समेत व्यापार तथा बिदाको दौरान स्वरोजगार तथा कर छुुट दिन अपिल गरेको छ । 

कोरोनाले गर्दा विश्वको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुुम्चिनसक्ने उसको प्रक्षेपण छ ।