काठमाण्डौ । चीन सरकारले आफ्नो अर्थव्यवस्थाको यथार्थ तस्विर लुकाएर त्योभन्दा निकै बढी दरको आर्थिक वृद्धिको खबर प्रचार–प्रसार गरेर दुनियाँलाई बेवकुफ बनाएको एक अमेरिकी रिसर्च सेन्टरले दाबी गरेको छ।
वासिङ्टनस्थित थिङ्कट्याङ्क ब्रुकिङ्स इन्स्टिच्यूटको रिसर्च–‘फरेन्सिक एक्जामिनेसन अफ चाइनाज नेशनल अकाउण्ट’मा यस्तो दाबी गरिएको हो।
यो रिसर्चमा भनिएअनुसार चीनमा सरकारी आँकडा भन्दा त्यहाँको अर्थव्यवस्था १२ प्रतिशत कम छ र हालैका वर्षहरुमा पनि वास्तविक विकास दर सरकारी आँकडाको तुलनामा २ प्रतिशत कम रहेको छ ।
रिसर्चमा चीनको आर्थिक मन्दी जति भनिएको छ, त्यसको तुलनामा निकै कम र गम्भीर रहेको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ ।
आधिकारिक रुपमा प्रचारप्रसार गरिएको आँकडाअनुसार चीनको अर्थव्यवस्था ६.४ प्रतिशतको दरले बढिरहेको छ । तर, यदि यो रिसर्चको दाबीलाई सही मान्ने हो भने चीनको वास्तविक विकास दर ४.४ प्रतिशत मात्र छ । पूरा रिसर्च यो लिंकमा गएर पढ्न सक्नुहुन्छ ।
रिसर्चमा सन् २००८ देखि २०१६ का तथ्याङ्कहरु प्रयोग गरिएको छ । यहीकारण यसमा गत वर्षको ग्रोथ स्टीमेट समावेश छैन । यदि २०१८ मा पनि चीनको विकासदर २०१६ का लागि लेखकले अनुमान गरेजस्तै रफ्तारमा मात्र बढेको छ भनेर मान्ने हो भने चीनको वास्तविक जीडीपीको आकार १.६ ट्रिलियन डलर हुनुपर्छ । यो भनेको सरकारी आँकडाको तुलनामा निकै कम हो ।
चीनमा आर्थिक वृद्धिदरको विषय राजनीतिक रुपमा निकै संवेदनशील मुद्धा समेत हो ।
रिसर्चमा भनिएअनुसार चीनको नेशनल अकाउण्ट स्थानीय सरकारद्वारा जुटाइने तथ्याङ्कमा आधारित हुन्छ । किनभने त्यहाँको सरकारलाई ग्रोथ र लगानीको टार्गेट पूरा गरेपछि केन्द्रीय सरकारले पुरस्कार दिने गर्छ । यहीकारण स्थानीय सरकारहरुले वास्तविक तथ्याङ्कमा हेराफेरि गरिदिने गर्छन् ।
चीनको नेशनल ब्यूरो अफ स्ट्याटिस्टिक्सले स्थानीय सरकारद्वारा उपलब्ध तथ्याङ्कलाई प्रयोग गरी जीडीपीको गणना गर्ने गर्छ । रिसर्चमा भनिएअनुसार लोकल आँकडामा २००८ पछिदेखि वास्तविक तस्विर देखाउन छाडिएको छ, यहीकारण वास्तविक चित्र फरक पर्न गएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19