काठमाण्डौ। युुवा जमातमाझ निकै लोकप्रिय ‘पब्जी’ मोबाइल अनलाइन गेम विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने गेम बनेको छ।

डेटा एनालेटिक्स फर्म सेन्सर टावरको मे महिनाको रिपोर्टका अनुसार सन् २०१९ को तुुलनामा यो वर्षको सुुरुआतदेखि अहिलेसम्म पब्जीको कारोबारमा ४१ प्रतिशतको बढोत्तरी भएको हो। यो अवधिमा पब्जीले प्रयोगकर्ताबाट करिब २२६ मिलियन डलर आर्जन गरेको छ। 

पब्जी मोबाइलको कमाइमा चीनबाट आउने आम्दानी पनि समावेश गरिएको छ। चीनमा पब्जीलाई ‘गेम फर पिस’ तथा ‘पिस किपर’ को नामबाट चिनिने गरिन्छ। 

गेमिङबाट हुुने आम्दानीको सूचीमा टेन सेन्ट गेम दोस्रो स्थानमा परेको छ। यसलाई ‘अनर अफ किङ्ग्स’ को नामबाट चिन्ने गरिन्छ। 

यो वर्ष अनर अफ किङ्ग्सले करिब २०४ मिलियन डलर कमाइ गरेको छ। यसका साथै यो गेमले गत वर्षको तुुलनामा ४२ प्रतिशतको वृद्धि हासिल गरेको छ। 

यदि यो गेमिङको कुुल कारोबारतर्फ हेर्ने हो भने गेमिङबाट हुुने कमाइको करीब ९५ प्रतिशत हिस्सा चीनबाट आउने गर्दछ। यसका साथै २.२ प्रतिशत थाइल्यान्डको गेमिङबाट आर्जन हुुने गर्दछ। थाइल्यान्डमा यो गेम गरेना रिलएम अफ भालोरको नामबाट परिचित छ। 

गेमिङको कारोबारमा तेस्रो सबैभन्दा धेरै कमाइ गर्ने गेम रोबलेक्स रहेको छ। यस्तै चौथो र पाँचौँ स्थानमा क्रमशः मोस्टर स्टाइक र क्वाइन मास्टर रहेका छन्। – एजेन्सी