काठमाण्डौ । बिटक्वाइनलाई कानुनी मान्यता दिएको सेन्ट्रल अमेरिकी देश एल साल्भाडोरले बिटक्वाइन सहर निर्माण गर्ने योजना बनाएको छ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले शनिबार यस्तो घोषणा गरेका हुन्। क्रिप्टोकरेन्सीले निर्माण गर्ने यो सहरमा बसोबास क्षेत्र, व्यापारिक क्षेत्र, सेवा, मनोरञ्जन क्षेत्र, रेष्टुराँ र एउटा विमानस्थल हुनेछ। यो सहर एल साल्भाडोरको दक्षिणपूर्वमा रहेको कोन्छागुआ नामक ज्वालामुखीनजिकै बन्नेछ।
यो सहरको निर्माणकार्य सन् २०२२ बाट सुरु हुनेछ र यहाँ भ्याटबाहेक अन्य कुनै प्रकारको कर लिइने छैन।
गत जुन महिनामा एल साल्भाडोर बिटक्वाइलाई कानुनी मान्यता प्रदान गर्ने विश्वको पहिलो देश बनेको थियो। तर, यहाँका सबै जनता आफ्नो सरकारको यो कदमको पक्षमा भने उभिएका छैनन्।
बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्ने कानुनको विरोधमा गत सेप्टेम्बर महिनामा सयौँ मानिसहरु आन्दोलनमा उत्रिएका थिए। क्रिप्टोकरेन्सीको आगमनले देशमा अस्थिरता निम्ताउने उनीहरुको भय थियो।
जनतालाई क्रिप्टोकरेन्सी प्रयोग गर्न सजिलो होस् भन्दै एल साल्भाडोरले बिटक्वाइन वालेट लन्च गरेको छ।
यसका साथै एल साल्भाडोरले ब्लकस्ट्रिमसम्गको सहकार्यमा ‘बिटक्वाइन बोन्ड’ बाट १ बिलियन अमेरिकी डलर उठाउने योजनासमेत बनाएको छ। बोन्ड जारी गरेर उठाइएको आधि रकम बिटक्वाइन खरिद गर्नका लागि प्रगोग गरिनेछ भने बाँकी ५०० मिलियन डलर भने ऊर्जा र बिटक्वाइन माइनिङ पूर्वाधारमा उपयोग गरिनेछ।
नयाँ बिटक्वाइन बनाउनका लागि आवश्यक पर्ने ऊर्जा ज्वालामुखीबाट प्राप्त हुने जियो थर्मल इनर्जीबाट प्रयोग गर्ने योजना बनाइएको छ।
बिटक्वाइन बोन्ड ५ वर्षे अवधिको हुनेछ र यसका लगानीकर्तालाई वार्षिक रुपमा निश्चित प्रतिफल प्रदान गरिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago