काठमाण्डौ । भारतीय सेयरबजारको इतिहासमा अहिलेसम्मकै ठूलो झट्का लागेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिरहेको कोरोना भाइरसलाई ‘विश्वव्यापी महामारी’ गरेसँगै त्यसको प्रत्यक्ष असर विश्वर सेयर बजारसँगै भारतीय सेयर बजारमा पनि परेको छ। भारतीय सेयरबजारमा बिहीबार कारोबार खुलेयता सेन्सेक्समा २६ सय अंकको गिरावट आइसकेको छ। यो भारतकै इतिहास सबैभन्दा बढी गिरावट हो।
२६ सय अंकको गिरावटसँगै सेन्सेक्स अहिले ३३ हजार २०२.८५ को विन्दुमा झरेको छ।
त्यस्तै निफ्टीमा पनि ७०१.९० अंकको गिरावटर आएर ९७४६ को विन्दुमा झरेको छ। निफ्टीमा यो गिरावट पछिल्लो ३१ महिनायताकै उच्च हो।
सेन्सेक्समा आएको गिरावटसँगै लगानीकर्ताहरुले १२.८ लाख करोड रुपैयाँ गुमाइसकेका छन्। मार्केट क्यापिटलाइजेस पनि २०४.८ लाख करोड रुपैयाँमा झरेको छ। हिजो मार्केट क्यापिटलाइजेस २१९.२ लाख करोड रुपैयाँ थियो।
भारतीय सेयरबजारबाट बिहीबार बिहान ११ बजेसम्म विदेशी लगानीकर्ताहरुले ५६२४.६० करोड रुपैयाँको सेयर बेचिसकेका छन्।
अहिले भारतीय सेयरबजारमा २ हजार ८७ कम्पनीको सेयर कारोबार भइरहेको छ। तीमध्ये १८७३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago