काठमाण्डौ । मडिकल अनुुसन्धानको क्षेत्रमा काम गर्ने संस्था आइसीएमआरले गरेको अध्ययन अनुुसार यदि भारतमा लकडाउनको घोषणा नभएको भए १५ अप्रिल सम्म त्यहाँ कोरोना संक्रमितको संख्या ८ लाख २० हजार पुगिसकेको हुन्थ्यो ।
भारतमा लकडाउन जारी रहँदा संक्रमितको संख्या ६ हजारभन्दा कम रहेको छ ।
संक्रमितको कुुल मामिलामा ८० प्रतिशतभन्दा धेरै केवल ७८ जिल्लाका मानिसहरु मात्रै छन् । यसको जानकारी भारतीय विदेश मन्त्रालयका सचिव विकास स्वरुपले दिएका भारतीय मिडियाहरुले जनाएका हुन् ।
स्वरुपका अनुुसार यदि भारतमा लकडाउन लागू नगरिएको भए भारतको अवस्था पनि इटलीको जस्तै हुुने थियो । आइसिएमआरको अनुुमान आर०–२.५ को सिद्धान्तमा आधारित छ । यस सिद्धान्तका अनुुसार यदि भारतमा लकडाउन लागू नगरिएको भए कोरोनाबाट प्रभावित एक व्यक्तिले अरु ४०६ जनालाई संक्रमित गर्न सक्थ्यो ।
तर, लकडाउन लागू भएपछि यो क्षमता २.५ जनालाई संक्रमित गर्न सक्नेमा सीमित भएको छ ।
स्वरुपका अनुुसार भारतमा पहिलो संक्रमितको घटना ३० जनवरीमा देखा परेको थियो । जबकि भारत सरकारले १७ जनवरीदेखि महामारीको विरुद्ध एअरपोर्टमा निगरानी र चेकिङ गर्न सुुरु गरिसकेको थियो ।
भारतमा बाहिरबाट आउने मानिसहरुको स्क्रीनीङ पहिलो संक्रमित देखिनुुभन्दा पहिले नै सुुरु भइसकेको थियो । जबकि इटलीले २५ दिन पछि र स्पेनले ३९ दिनपछि मात्र सुुरु गरेका थिए ।
-एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19