काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेका हुन्। 

यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेका छन्। 

गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्ने यी दुवै पहिलो योजना हुन्।