काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले सन्तुलित र लचिलो मौद्रिक नीति आउनुपर्ने बताएका छन्। 

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा उपाध्यक्ष अग्रवालले अहिले अर्थतन्त्रको अवस्थालाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले सन्तुलित र लचिलो मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन्। 

विदेश मुद्राको सञ्चिति हुन नसकेको उल्लेख गर्दै अग्रवालले तरलता अभाव अर्थतन्त्रमा निकै प्रभाव परेको बताए। ‘सीसीडी रेसियाबाट सीडी रेसियो कायम गर्नु र ४–१२ को नीतिले अर्थतन्त्रमा थप दबाब परेको छ’, उनले भने, ‘सीसीडी रेसियो भयो भने ७०० बिलियनको कर्जा लगानी गर्न सक्छौँ।’

आयात नियन्त्रणभन्दा पनि आयात व्यवस्थापनमा जोड दिनुपर्ने अग्रवालको सुझाव थियो।