काठमाण्डौ । संसदमा राष्ट्रिय आपतकालको समयसीमा बढाउने भन्ने बहसमा त्यहाँका प्रधानमन्त्रीले स्पेन कोरोना भाइरसको खराब अवस्थाबाट बाहिर आउने अवस्थाको नजिक पुुगेको बताएका छन् । “आगोको ज्वाला नियन्त्रणमा आउन सुुरु भएको छ ।” प्रधानमन्त्री पेड्रो सान्चेजले म्याड्रिडमा भने–“देशले अब चाँडै कोरोनामाथि पूर्ण विजय हासिल गर्दैछ गर्दे छ ।”
स्पेनमा युुरोपभरिकै सबैभन्दा धेरै संक्रमित रहेका छन् । जहाँ संक्रमितको संख्या १ लाख ५२ हजार ४४६ रहेको छ । बिहीबारसम्म स्पेनमा कोरोनाबाट मृत्युु हुुनेको संख्या १५२३८ पुुगेको छ ।
अवस्था स्थिर हुुन्छ भन्ने सान्चेज युुरोपका पछिल्ला नेता हुुन् । लकडाउनले देशको आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने चिन्ता बढेपछि युुरोपका धेरैजसो देशहरुले अर्काे साताबाट कसरी प्रतिबन्ध फुुकुुवा गर्न सकिन्छ भनेर बहस गरिरहेका छन् ।
युुरोपियन युुनियनले प्रतिबन्धको उपायबाट उम्कन सम्भावित रोडम्यापको समन्वय गर्ने लक्ष्य लिएको छ । स्पेनको पछिल्लो आँकडा हेर्ने हो भने त्यहाँ बितेको २४ घण्टामा कोरोनाबाट ६८३ जनाको मृत्युु भएको छ । बुुधबार त्यहाँ ७५७ जनाको मृत्युु भएको थियो ।
ताजा आँकडाका अनुुसार स्पेनमा कोरोना संक्रमितको संख्या १५२४४६ पुुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्यामा स्पेन दोस्रो स्थानमा छ । ४ लाख भन्दा धेरै संक्रमितका साथ अमेरीका पहिलो स्थानमा छ ।
स्पेनको संसदमा यतिबेला २६ अप्रिलसम्म आपतकाल लम्बाउने कि नलम्बाउने भनेर बहस भइरहेको छ ।
आपतकाल लम्बिए आगामी दुुई सातासम्म मानिसहरुले घरमै बस्नुु पर्ने छ । संसदबाट आपतकाल थप्ने विधेयक पास हुुने विश्वास गरिएको छ।
स्पेनमा केही निकै कठोर उपायहरु अबलम्बन गरिएको छ । तर प्रधानमन्त्री सान्चेजले यसले संक्रमणको दरलाई व्यापक कटौति गरेको बताएका छन् । युुरोप अहिले पनि महामारीबाट सबैभन्दा धेरै मृत्युु हुुने र संक्रमित हुुने क्षेत्र बनिरहेको छ ।
एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago